Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

आर्यनलाई हिरोइनले बच्चैदेखिको फ्यान भनिदिएपछि...

फिल्मीखबर, काठमाण्डौ, 2013/12/03

ग्ल्यामर क्षेत्रमा आवद्ध व्यक्तिहरु अक्सर आफ्नो उमेर बारे बोल्नु नपरे हुन्थ्यो जस्तो सोच्छन् । उनीहरुको प्रयत्न जहिल्यै जवान देखिने हुने गर्दछ । चाहना विपरितका प्रतिक्रियाको फेस गर्नुपर्दा भने उनीहरु खुसी हुँदैनन् ।

 

मंसिर २१ गते प्रदर्शन हुने 'लोफर' फिल्मका अभिनेता आर्यन सिग्देलले पनि यस्तै एउटा प्रतिक्रियाको सामना गर्नुपर्यो । प्रसंग थियो, शुक्रबार प्रदर्शन हुने फिल्म लोफरको प्रेस समारोहमा नव अभिनेत्री रजनी केसीले दिएको अभिव्यक्ति ।

 

फिल्मकी सोलो हिरोइन रजनीलाई 'लोफर'मा निभाएको भूमिका बारे बोल्न माइक दिइएको थियो । माइक समाउँदै रजनीले विग ब्यानरबाट रजतपटमा आफ्नो डेव्यु भएकोमा खुसी व्यक्त गरिन् । उनले विशेषतः आर्यन सिग्देलसँग काम गर्न पाउनु खुसीको कुरा रहेको बताइन् । रजनी बोल्ने क्रम रोकिनन् । प्रेस समारोहमा केही नर्भस जस्तो देखिएकी रजनीले बोल्दै जाँदा भनिन्- 'आर्यन सिग्देलको म बच्चैदेखिको फ्यान हुँ ।'

 

 

बच्ची फ्यानले फिल्म खेल्दा आर्यन चाहिं कति वर्षका भए त ? २० बर्ष बढीको हिरोइनले सँगै फिल्ममा काम गर्दा आर्यन चाहिं बुढो भए त ? रजनीले उक्त वाक्य टुङ्ग्याउन नपाउँदै कार्यक्रम हलमा उपस्थित भएका सहभागी बिच हाँसो चल्यो । ड्यासमा बसेका आर्यन मुस्कुराए मात्रै । उक्त मुस्कान खुसीको थियो या दुःखको आर्यन नै जानुन् ।