वर्ष ७० को सुपरहिट फिल्म 'काली' रिलिजका लागि निर्माता तथा अभिनेत्री रेखा थापा हङकङ उडेकी छिन् । रेखा आज (मंसिर १७ गते) ११ बजेको फ्लाइटमा हङकङ उडेकी हुन् ।
'काली'को सफलता पछि 'कमला' फिल्म निर्माण गर्ने घोषणा गरेकी रेखा आजै हङकङ पुगेपनि फिल्मको शो भने अर्को साता मात्रै हुनेछ । हिमाली इन्जिनियरीङ कन्सट्रक्सनले 'काली' प्रदर्शनको जिम्मा लिएको छ । आउँदो आइतबार साँझ ५ बजे फिल्म देखाएर मंगलबार नेपाल फर्कने निर्मात्री तथा अभिनेत्री रेखा थापाले हङकङ उड्नु पूर्व फिल्मीखबरलाई जानकारी दिइन् ।
'काली'को यो पहिलो विदेश शो हुनेछ । दोस्रो पटक हङकङ उडेकी रेखाले भनिन्- 'नेपालमा जस्तै हङकङका दर्शकले पनि फिल्मलाई मन पराउनुहुन्छ भन्ने अपेक्षा लिएको छु ।' सविर श्रेष्ठ निर्देशित फिल्म 'काली'मा अभिनेता किशोर खतिवडाले रेखालाई साथ दिएका छन् । आमा सरस्वती थापा यस फिल्मकी निर्मात्री हुन् ।

