Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`झोला` हेरेर भावुक !

फिल्मीखबर, काठमाण्डौ, 2013/12/03

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर जोन्टा क्लब काठमाण्डौले सोमबार राजधानीको कुमारी हलमा 'झोला' फिल्म प्रदर्शन गर्‍यो । सती प्रथा र महिला हिंसालाई मुख्य बिषय बनाएर साहित्यकार कृष्ण धरावासीले कथालाई फिल्मको रूप दिईएको 'झोला' हेर्ने जतिले मन परेको प्रतिक्रिया दिए ।

 

तस्विर : बिकास रौनियार
 

सय वर्ष पुरानो सती प्रथाको कुरूपता अहिले हराए पनि महिला हिंसा अझै यथावत रहेकाले समाज परिवर्तनमा फिल्मले ठूलो भूमिका खेल्ने भएकाले 'झोला' प्रदर्शन गरिएको जोन्टा अध्यक्ष प्रमिला आचार्यले जानकारी गराईन् । फिल्म हेर्न सरकारी निकायदेखि बिभिन्न उच्चपदस्त तहतप्कामा व्यक्तिहरूको उपस्थिती थियो । फिल्म हेरेर अधिकांश दर्शक भावुक भए ।


डेढ घन्टाजतिको फिल्ममा सती गए पुन्य कमाइन्छ भन्ने अन्धविश्वासमा धेरै नारीले अकालमै ज्यान गुमाउनुपरेको र त्यो प्रथा सामाजिक अन्यायविरुद्ध रहेको देखाउन खोजिएको छ । राजकुमार तिमल्सिना, रामगोपाल थापा, सुशील शाहको निर्माणमा यादवकुमार भट्टराई निर्देशित फिल्ममा गरिमा पन्त, लक्ष्मी गिरी, प्रह्लाद खतिवडा, देशभक्त खनाल, दीपक क्षेत्री, सुजल नेपालल गायत अभिनय गरेका छन् ।