Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 3.50/5.00)
Text size:-
+
-

`हाँसिया`मा प्रियंकाको `एक्सन आईटम डान्स`

फिल्मीखबर, काठमाण्डौ, 2013/12/04

अभिनेत्री प्रियंका कार्की आइटम डान्स तर्फ पनि हिट हुने धुनमा छिन् । रजटपटमा डेव्यु गरेको छोटो समयमै आधा दर्जन भन्दा बढी फिल्ममा अभिनय गरेकी प्रियंकाको डिमान्ड आइटम डान्समा पनि बढ्दो छ ।

 

 

'मिसन पैसा रिलोडेड' फिल्मको आइटम डान्समा कम्मर भाँचेकी प्रियंका 'हँसिया' फिल्मको आइटम डान्समा अनुबन्धित भएकी छिन् । प्रियंकाकै भनाइ अनुसार 'हँसिया'मा उनको आइटम डान्स बबाल हुनेछ । प्रियंकासँग फिल्मकी मुख्य पात्र हेमा श्रेष्ठले पनि आईटम डान्सका लागि कम्मर मर्काउने छिन् ।

 

आइटम डान्सका लागि प्रियंका र हेमा एक सातादेखि रिहर्सलमा व्यस्त छन् । अहिलेकी चर्चित सुन्दरी करियोग्राफर रेनशा राईले कुपण्डोलको स्टेप्स डान्स स्टुडियोमा प्रियंका र हेमालाई डान्स स्टेप सिकाईरहेकी छिन् । निर्देशक मिलन चाम्सले यि दुईको आईटम डान्सलाई 'एक्सन आईटम' भन्न रूचाए ।

 

 

भर्खरै विकास आचार्यको फिल्म 'नाइ नभन्नु ल २'को सुटिङ सकाएकी प्रियंकाले आशा व्यक्त गरिन्- 'हँसियाको आइटम डान्सले नेपाली गीत तथा नृत्यलाई विश्व बजारमा परिचित गराउनेछ ।' निर्देशक चाम्सले प्रियंका र हेमाको आइटम डान्सलाई १० लाख भन्दा बढी खर्चिने बताए ।

 

आउँदो साता बालाजुस्थित एनएफडिसीको भव्य सुटिङ सेटमा प्रियंका र हेमाको आइटम डान्सलाई खिचिनेछ । 'सायद यत्तिको सेट यो भन्दा अगाडी कसैले लगाएको छैन होला,' निर्देशक चाम्सले भने- 'मैले कुनै पनि कम्रमाईज नगरी गीतलाई धमाकेदार बनाउन लागिपरेको छु ।'

 

निलम आङ्बुहाङ राईको शब्द तथा कल्याण सिंहको संगीत रहेको आइटम गीतमा शिवानी मोक्तानको स्वर छ । दुर्गा घलेले निर्माण गरेको यो फिल्ममा हेमाको साथमा राजेश हमाल र अनुप बिक्रम शाहीको मुख्य भूमिका रहेको छ । फिल्मका छायाँकार रामकुमार केसी हुन् ।