
अभिनेत्री रेखा थापाकै लागि दर्शकले 'दामिनी' फिल्म हेर्नुपर्ने अभिनेता बिराज भट्टले बताएका छन् । रेखाले निर्माण गरेको फिल्म 'काली' र 'दामिनी' बिचको लफडा परिरहेका बेला बिराजले आफूलाई भन्दा पनि रेखालाई हेर्न दर्शक हलसम्म जानुपर्ने बताएका हुन् ।

फिल्मको राष्ट्रिय नीति बनाउन गठित कार्यदलले सञ्चारमन्त्री माधव पौडेललाई 'राष्ट्रिय चलचित्र नीति,२०७०'को मस्यौदा प्रतिवेदन बुझाएको छ । मंगलबार आयोजित एक कार्यक्रममा कार्यदलका संयोजक यादव खरेलले संचार मन्त्रालयमा सञ्चारमन्त्री पौडेललाई प्रतिवेदन हस्तान्तरण गरे ।

दुई सन्तानकी आमा अभिनेत्री संचिता लुइँटेलमा अभिनयको प्यास मेटिएको छैन । अभिनेता निखिल उप्रेतीसँग दोस्रो घरजम गरेकी संचिताले अभिनयमा सक्रिय हुने ध्ययले ६५ केजी वजनको शरीरलाई घटाउने कसरत थालेकी छिन् ।

चपली हाइट डेव्यु गर्ल बिनिता वरालको असोज २२ गते जन्मदिन परेको छ । बिनिताले आफ्नो २५ औं जन्मदिन मनाउँदै छिन् । फिल्मीखबर परिवार बिनितालाई जन्मदिनको शुभकामना व्यक्त गर्दछ ।

सेक्सी डायल र गर्मागरम दृश्य युक्त फिल्म 'स्टार'लाई चावाहिल स्थित नेपाल चलचित्र विकास वोर्डको भवनमा चलचित्र जाँच पास समितिले एडल्ट सर्टिफिकेट दिएको छ ।

शहरी युवाको रात्री कालिन जीवन बारेको 'वान वे' फिल्मको सम्पूर्ण छायाँकन सकिएको छ । सुरु गरिको ३६ दिनमा सुटिङ सम्पन्न भएको निर्माता राजकुमार राईले फिल्मीखबरलाई जानकारी दिए ।

