Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

पौष २६ : माघे संक्रान्ती खान ५ फिल्म मैदानमा

फिल्मीखबर, काठमाण्डौ, 2013/12/04

एउटै मितिमा एक भन्दा बढी फिल्म प्रदर्शन हुँदा निर्माता घाटामा नेपाली फिल्म क्षेत्रमा थुप्रै उदाहरण छन् । सोलो रिजिल गर्दा समेत फिल्म नचलिरहेको वर्तमान अवस्थामा पौष २६ गते भने ५ वटा फिल्म प्रदर्शन हुने बलियो सम्भावना देखिएको छ ।

 

प्रदर्शन हुने फिल्म मध्ये हलमा 'छ एकान छ' र 'बितेका पल' बिच प्रमुख प्रतिस्पर्धा हुने अड्कल काटिंदैछ । हाँस्य कलाकारको फिल्म 'छ एकान छ' र सुरज सुब्बा नाल्बो निर्देशित 'बितेका पल'सँगै पौष २६ गते पराई, योद्धा र प्रतिज्ञा नामक फिल्म प्रदर्शन हुँदैछन् । फिल्म प्रदर्शन हुने साता माघे संक्रान्ती पर्ने भएपछि निर्माता तथा वितरक पौष २६ मा फिल्म प्रदर्शन गर्न तम्सिएको बुझिएको छ ।

 

फिल्म जुध्दा दशैं, तिहार, तीज र नयाँ वर्षमा राम्रै अपेक्षा गरिएका फिल्मले समेत हावा खाएका उदाहरण छन् । एकाध ब्यानरका फिल्मले मात्रै प्रतिस्पर्धी फिल्मलाई पाखा लगाएर व्यापारिक सफलता हाँसिल गरेका छन् ।



हाँस्य रसको 'छ एकान छ' र प्रेमकथामा आधारित 'बितेका पल' बिच हलमा मुख्य लडाइँ हुने धेरैको अनुमान छ । यी दुइ फिल्म मल्टीप्लेक्सका दर्शकलाई लक्षित गरिएको छ । सिङ्गल पर्दामा भने 'पराइ', 'योद्धा' र 'प्रतिज्ञा'ले यि दुई ठूला फिल्मलाई असर पुर्याउने छन् ।

 

एउटै मितिमा फिल्म जुध्दा घाटा हुने पूर्व ज्ञान हुँदाहुँदै यी ५ वटै फिल्मका निर्माता तथा वितरक पौष २६ मा फिल्म प्रदर्शन गर्न तम्सिएका छन् । प्रदर्शन मिति व्यवस्थापनको लागी कुनै पनि फिल्म सम्वद्ध संघसंस्थाले अहिलेसम्म पहल सुरु गरेका छैनन् ।