नेपाली गीत, संगीतमा सर्वाधिक सुनिने नारायण गोपालको २३ औं स्मृति दिवसलाई नेपाली फिल्म क्षेत्रका संगीत प्रेमी फिल्मकर्मीले पनि सम्झिएका छन् । देश तथा विदेशमा रहेका फिल्मकर्मीले समाजिक सञ्जाल फेसबुकमा नारायण गोपालद्धारा स्वरवद्ध गीतका शब्द तथा भिडियो पोस्ट गरिरहेका छन् । फिल्मीखबर परिवार स्व.नारायण गोपालप्रती हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछ ।

राष्ट्रिय तथा आधुनिक गीतमा सर्वाधिक स्वर रेकर्ड गराएका स्व. नारायण गोपालको फिल्मी गीत भने सिमित संख्यामा छन् । तर, उनले गाएका सबै गीत कालजयी छन् । चिनो फिल्ममा समावेश 'मोहनी लाग्ला है' होस् या दक्षिणा फिल्मको दुःखद गीत 'यो मुटुलाई कसरी सम्झाउँ बुझाउँ' होस् या लाहुरेको 'पहाडको माथी माथी', यी गीत नेपाली संगीत प्रेमीको मुखमा कण्ठस्थ छन् ।
स्व. नारायण गोपालद्धारा स्वरवद्ध 'यती चोखो यति मिठो' लगायत गीतलाई रि-रेकर्डिङ गरी मेघा फिल्ममा समावेश गरिएको छ । नारायण गोपालको स्मृति दिवसलाई अवसर पारेर फिल्मीखबरले उनीद्धारा स्वरवद्ध केही फिल्मी गीतहरूलाई प्रस्तुत गरेको छ । अडियो तथा भिडियो लिङ्क क्लिक गरेर सुन्ने तथा हेर्ने प्रयास गर्नुहोला ।

