Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

शम्भूजीत बास्कोटा पनि अभिनयमा । प्रस्ताव आए `नो`

फिल्मीखबर, काठमाण्डौ, 2013/12/04

थुप्रै गायकले नेपाली फिल्ममा नायकको भूमिका निभाएका छन् । उदित नारायण झा, रामकृष्ण ढकाल, यश कुमार, बाबु बोगटी, सत्यराज आचार्य लगायतका चर्चित गायक फिल्मका नायक बनेका छन् । तर, यी गायकहरु फिल्मका स्थापित नायक भने हुन सकेनन् ।

 

गायक मात्रै हैन संगीतकारले नेपाली फिल्ममा अभिनय गरेका छन् । फिल्ममा संगीतसँगै स्वर भर्ने संगीतकार शम्भूजीत बास्कोटाले झन्डै दुई दशक अघि प्रकाश थापा निर्देशित 'सिन्दूर' फिल्ममा अभिनय गरेका थिए । 'सिन्दूर' फिल्मको एउटा गीत र एक दृश्यमा मात्रै उनको अभिनयलाई देख्न पाइन्छ । संगीतकार बास्कोटाले प्रकाश थापाकै निर्देशन रहेको अर्को फिल्म 'जीवनरेखा'मा अभिनय गरे । शिव श्रेष्ठ र मिनाक्षी आनान्दसँग स्क्रिन सेयर गरेका संगीतकारले उक्त फिल्ममा एक विक्षिप्त कविको भूमिका निभाएका थिए ।

 

त्यतिबेलाका हिट संगीतकारलाई अन्य फिल्ममा पनि अभिनय गर्ने प्रस्ताव नआएका होइनन् । उनी अभिनय भन्दा पनि गीत संगीतमै धेरै व्यस्त थिए । 'समय मिलाउँनै गाह्रो पथ्र्यो,' शम्भूजीतले फिल्मीखबरलाई सुनाए । प्रकाश थापाको 'जीवनरेखा' पछि संगीतकार शम्भूजीतले आकाश अधिकारी निर्देशित फिल्म 'कोहिनूर'मा अभिनय गरेका छन् । जुन फिल्मका मुख्य कलाकार श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का हुन् ।

 

'कोहिनूर' इन्डक्ल्यापमा फिल्मीखबर पुग्दा संगीतकार बास्कोटा सुटिङ स्पटमा डिआइजीको पोशाकमा भेटिए । प्रकाश थापा पछि निर्देशक अधिकारी शम्भूजीतलाई मन पर्ने निर्देशक हुन् । त्यसैले निर्देशक अधिकारीको आग्रहलाई स्विकार गर्दै उनी कोहिनुर फिल्मको डिआइजी हुन राजी भए ।

 

हुन त शम्भूजीत 'कोहिनूर'को संगीतकार पनि हुन् । फिल्ममा उनले हिन्दी मुजुरा, नेपाली संस्कृती र क्लासिकल संगीतलाई प्राथमिकतामा दिएका छन् । स्कूल तहदेखि नै नाटक अभिनयमा सक्रिय संगीतकारले अब भने प्रस्ताव आएका फिल्मलाई 'नो' नभन्ने मनस्थिति बनाएका छन् । 'नेपाली संगीत रत्न'को सम्मान ग्रहण गर्न यही डिसेम्वर २९ तारिखमा बर्मा जान लागेका संगीतकार बास्कोटा भन्छन्- 'मन पर्ने भूमिका छ भने नाइ भन्दिन । संगीतसँगै अभिनयलाई पनि निरञ्तरता दिन्छु ।'