
लुट निर्देशकको दोस्रो प्रोजेक्ट 'टलकजंग भर्सेस टुल्के'को छायाँकन सकिएको छ । निर्देशक निश्चल बस्नेको फिल्मलाई काठमाडौं र पोखराको हेम्जाकोट गाउँमा छायाँकन गरिएको छ ।

दशैंमा प्रदर्शनको काली जस्तो तिहारका विन्दास २ र मधुमासले वम्परको व्यापार गर्न सकेनन् । यद्पी यी फिल्मको व्यापार निराशको भने नरहेको वितरक हलवाला एवं निर्माताले रिपोर्ट दिएका छन् ।

विगत लामो समयदेखि रंग पत्रकारिता गर्दै आएका डिपी शाह चक्रवर्ती मोटरसाईकल दुर्घटनामा परि गम्भिर घाईते भएका छन् । आज आईतवार बिजुलीको पोलमा ठोक्किएर घाईते भएका हुन् ।

नेपाली फिल्मका अभिनेत्रीहरुले धनकी देवी लक्ष्मीको पूजा आराधना गरेका छन् ।

अभिनेत्री मिथिला शर्मा, गायिका एवं अभिनेत्री कोमल ओली, संगीतकार टिका भण्डारी र हाँस्य कलाकार मनोज गजुरेललाई लक्ष्मी पूजाको अवसर पार्दै सम्मान गरिएको छ ।

अभिनेत्री रेखा थापाले तीन वर्षदेखि संगीतकार एवं निर्देशक कमलकृष्णलाई भाइटिका लगाउँदै आएकी छिन् । रेखा फिल्मस्कै रावण निर्देशन गरेका कमलकृष्णलाई यस वर्ष पनि रेखाले टिका लगाइदिने बताएकी छिन् । रेखाले माओवादी नेता सागर थापालाई पनि भाइटिका लगाउने गरेकी छिन् ।

