
केही महिना अघि अभिनेता सविन श्रेष्ठ र उनकी प्रेमिका नम्रता झा बिच व्रेकअप भएको खबर प्रकाशनमा आएको थियो । व्रेकअप भएको केही समय नवित्दै यी दुई बिच प्याचअप भएको छ ।

निर्माता एवं अभिनेता दिनेश थापालाई मातृ शोक परेको छ । थापाकी ७५ वर्षिय आमा गंगा थापाको कार्तिक २१ गते महाराजगञ्जस्थित टिचिङ अस्पतालमा साँझ ५ बजे उपचारको क्रममा निधन भएको हो ।

आठ वर्षको उमेरदेखि छठको व्रत लिदै आएकी अभिनेत्री रेखा थापाले यस वर्ष भने लिन पाइनन् । रेखाले छठको व्रत लिन नपाएको कारणबारे फिल्मीखबरलाई भनिन्- 'रजस्वला भएर छठको व्रत लिन पाइँन । तर, पनि सूर्यलाई अर्घ भने चढाउँछु ।'

फिल्म निर्माण गर्नु मात्रै ठुलो कुरा रहेन । फिल्म निर्माण गरेर दर्शकसम्म ल्याउनु निर्माताको लागी फलामको चिउरा चपाए जस्तै भएको छ । दर्जनौं फिल्म छन् जो निर्माण भएको बर्षौं बितिसक्दा पनि प्रदर्शनमा आउन सकेका छैनन् ।

यस बर्षको दिपावलीले बिदाई लिईसकेको छ । दिपावलीको रमझममा रहेका फिल्मकर्मीको भाइटिकाको भोलिपल्टबाटै व्यस्तता बढ्न थालेको छ ।

नोभेम्बर २३ तारिखका दिन मलेसियामा हुने भनिएको छैठौं नेफ्टा अवार्ड सरेर डिसेम्बर २५ अर्थात क्रिसमस डेका दिन पुगेको छ । मलेसियामा अवार्डको संयोजन गर्न लागेको सुवास इन्टरटेन्मेन्टका प्रमुख सुवास गिरीले नयाँ मितिको पुष्टी गरेका हुन् ।

