Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुदर्शनको फिल्मलाई आलोकले निर्देशन गर्ने । भ्यालेन्टाईन गीत रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2014/02/10

सुन्दा अचम्म लाग्न सक्छ तर सत्य यहि हो, निर्देशक सुदर्शन थापाको निर्माणमा बन्न लागेको फिल्म 'अझै पनि'लाई आलोक नेम्वाङले निर्देशन गर्ने भएका छन् । फिल्मीखबर डट कमलाई निर्देशक थापाले आफूले फिल्म निर्माण गर्न लागेको पुष्टी गर्दै आलोकलाई निर्देशनको जिम्मा दिएको बताए ।

 

नयाँ बर्षको अवसर पारेर बैशाखको दोस्रो साताबाट छायाँकन गरिने 'अझै पनि' नामक लभ स्टोरी फिल्मको निर्देशन गर्न आलोकलाई किन दिईयो ? सुदर्शनले प्रस्ट्याए- 'आफूलाई मन पर्ने निर्देशक मात्र नभएर नेपाली फिल्मलाई नजिकबाट माया गर्ने राम्रो निर्देशक भएकाले निर्देशनको जिम्मा दिएको हो ।' आफूले रेगुलर फिल्म बनाईरहेको हुनाले र आलोकको ग्याप भएकाले आलोकलाई नेपाली फिल्म क्षेत्रबाट टाढा नराख्न फिल्म निर्देशनको जिम्मा दिएको उनको भनाई छ ।

 

यता तीन बर्षपछि फिल्म निर्देशनमा हात बढाएका आलोकले तुरून्तै फिल्म गर्ने मनस्थिती नहुँदा पनि सुदर्शनको 'कन्भिन्सिङ पावर'ले मनस्थिती बदलिदिएको बताए । फिल्मीखबरसँग कुरा गर्दै आलोकले थपे- 'सुदर्शनजीसँग काम गर्ने ठूलो इच्छा त थियो तर उहाँको फिल्म नै निर्देशन गर्छु भन्ने लागेको थिएन । उहाँसँग कलाकारको रूपमा काम गर्ने इच्छा थियो तर निर्माताको रूपमा काम गर्न पाएको छु । खुसी छु । आशा छ, उहाँ राम्रो कलाकार र निर्देशक मात्र हैन राम्रो निर्माता पनि बन्न सक्नुहुनेछ ।'

 

'अझै पनि' फिल्मका निर्माता सुदर्शन थापा र पूनम गौतम

 

यो फिल्ममा अर्का कुशल निर्देशक पनि सहभागी छन् । 'ठेगाना', 'वर्ल्ड कप इन नेपाल' जस्ता फिल्म निर्देशन गरेका रामशरण पाठकले यो फिल्मको कथा लेखेका हुन् । 'धन्दा' र 'मधुमास'मा कस्टुम स्टाईलिस्टको भूमिका निर्वाह गरेकी पुनम गौतमले सुदर्शनलाई निर्माणमा सहयोग गर्दैछिन् । फिल्मको कलाकार फाईन गरिएको छैन तर संगीतकारको रूपमा भने हरि लम्साल, महेश खड्का, सचिन सिंह र राजनराज सिवाकोटी रहनेछन् ।

 

सुदर्शन थापा प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्म 'अझै पनि'को भ्यालेन्टाईन स्पेसल गीत रिलिज गरिएको छ । भ्यालेन्टाईन डे (प्रेम दिवस) को छेकोमा प्रेम गर्नेहरूका लागि उपहार स्वरूप गीत रिलिज गरिएको निर्माता बन्न लागेका निर्देशक तथा अभिनेता सुदर्शनले बताए । अर्को बर्षको भ्यालेन्टाइन आउनु पूर्व नै फिल्म रिलिज भैसक्ने भएकाले यो बर्षको भ्यालेन्टाईनको छेकोमा गीत रिलिज गरिएको उनको भनाई छ । प्रस्तुत गीतमा हरि लम्सालको स्वर तथा संगीत रहेको छ भने शब्द सञ्जिव थापाको छ ।

 

गीत सुन्न यहाँ क्लिक गर्नुहोला  रित्तो मेरो जीवनमा...