
जाडोले सबैभन्दा चिन्ता अभिनेत्री रेखा थापालाई पारेको छ । फिल्ममा समेत छोटो पहिरन लगाएर चर्चामा आएकी अभिनेत्री थापालाई जाडो महिना पटक्कै मन पर्दैन रे । प्रायः जसो अनौपचारिक कार्यक्रममा छोटो पहिरनमै देखिने अभिनेत्री थापा भन्छिन्- 'मलाई छोटो कपडा लगाउन नपाएर भन्दा पनि कोल्ड एलर्जी छ, त्यसकारण जाडो महिना मन पर्दैन ।'

नाम सुन्दा उस्तै लाग्ने अभिनेता सुमन सिंह र अभिनेत्री सुमिना घिमिरे बिच एउटा समानता छ । व्यावसायिक रुपमा कुनै पनि फिल्म सफल नहुनु यी दुई बिच देखिएको समानता हो । तर, फिल्म नचले पनि यी दुईले छोटो समयमा धेरै फिल्ममा काम गर्ने अवसर पाए ।

सिम्खडाले प्रस्तुत गरेको कविता मध्ये नायिकाको पछि लाग्ने मामाको छोरो भन्ने गद्याशंले सबैलाई आकर्षण गर्यो । तर, केही महिला कलाकारले भने सिम्खडाको व्यङग्य प्रति चित्त दुखाएका छन् ।

निर्माताबाट निर्देशक बनेका मुनाल घिमिरे निर्देशित फिल्म 'इच्छा'को सुटिङ सकिएको छ । काठमाण्डौ, बनेपा, दाङ, भैरहवा लगायतका स्थानमा सुटिङ गरि २९ औं दिनमा प्याकअप गरिएको निर्देशक घिमिरेले फिल्मीखबरलाई जानकारी गराए ।

चपली हाइटकी विनिता बराल केही महिनादेखि सुटिङ छोडेर सामाखुसी स्थित टोखा गाविसमा अर्गानिक फार्म हाउसमा तरकारी रोप्न र गोड्नमा व्यस्त छिन् ।

कस्टुम स्टाईलिस्ट निलिमा शर्माले आज आफ्नो ३६ औं जन्मदिन मनाएकी छिन् ।

