
अभिनेत्री निता ढुङ्गानाको एउटा मृगौलामा पत्थरी देखिएको छ । एक साता सम्म औषधी प्रयोग गर्दा पनि कम नभएपछि अप्रेसन गरेर पत्थरलाई हटाउनु पर्ने सल्लाह डाक्टरले दिएको निताले फिल्मीखबरलाई बताइन् ।

व्यापारमा धक्का पुग्ने देखिएपछि दोस्रो संविधान सभाको चुनाव मंसिर ४ पूर्व नेपाली फिल्म रिलिज गर्न निर्माताहरु रोकिएका छन् । मंसिर ४ अघि निर्वाचन विरोधी दलहरुले गर्ने बिभिन्न बन्द र हड्तालका कार्यक्रमले हलै नखुल्ने अवस्था सृजना हुने भएपछि निर्माताहरु फिल्म रिलिज गर्नबाट पछि हटेका हुन् ।

किस्मत डेव्यु अभिनेता आर्यन सिग्देल अभिनित पछिल्ला फिल्महरुले सफलताको स्वाद चाख्न पाइरहेका छैनन् । आर्यन अभिनित महसुश र मधुमासले उत्साहको व्यापार गर्न सकेनन् । यी फिल्मबाट निर्माता लगानी सुरक्षित सफल भएनन् ।

लामो समयपछि पर्दामा झुल्किन लागेकी अभिनेत्री अरूणिमा लम्साललाई अभिनेता किशोर खतिवडाले सिउँदो सजाउने भावना गीत मार्फत व्यक्त गरेका छन् ।

अभिनय शिरोमणीको उपाधी पाएका बरिष्ठ अभिनेता निर शाह आज (बुधबार)बाट औपचारिक रूपमा काँग्रेस भएका छन् । काँगेस सभापती शुशिल कोईरालाको निवासमा एक औपचारिक कार्यक्रमका बिच शाहले पार्टीको सदस्यता लिएका हुन् ।

धर्मेन्द्र मोरवैता पप्पु नेतृत्वको नेपाल चलचित्र विकास वोर्ड बाँड्ने भनेको राष्ट्रिय चलचित्र पुरस्कार एकादेशको कथा जस्तै भएको छ ।

