
के तपाईं कुशल फिल्मकर्मी बन्ने चाहना राख्नु भएको छ ? यदि छ भने क्या राम्रो डट कमले महिलाहरूका लागि फिल्मकर्मी बनाउने अभियान लिएर आएको छ जसमा तपाईं आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ ।

संविधान सभाको चुनाव होस, संविधान बनोस, सबै नेपाली फिल्म सफल होउन जस्तो कामना गर्दै फिल्म ‘राहदानी’ युनिटले बिहिबार काठमाडौंको कलँकी हलमा देउसी खेलेको छ । तिहारको प्रसंग समेटिएको फिल्मको मारुनी गीत सार्वजनिक कार्यक्रममा देउसी खेलेर तिहारको स्वागत गरिएको हो ।

दिपकले आफ्नी श्रीमतीको साडीमा समेत 'छ एकान छ' लेखेको छ भनी हाँसो गरे । तीतो सत्यकी जोडी दिपाश्री निर्रौलाको साडीमा भने 'छ एकान छ' छैन भनी दिपकले ठट्यौली गर्दा कार्यक्रम हाँसोमय बन्यो ।

सयम डेव्यु अभिनेत्री सुरभी जैन विष्टले आफ्नो मृत्यु पर्यन्त आँखा दान गर्ने निर्णय गरेकी छिन् । जन्मदिनको अवसर पार्दै सुरभीले गौशला स्थित तिलगंगा आँखा अस्पतालमा पुगेर ईच्छा पत्रमा हस्ताक्षर गर्दै आँखा दान गर्ने निर्णय गरेकी हुन् ।

चुरोट तानेको, वाइन पिएको र वोल्ड दृश्यलाई कारण देखाउँदै चलचित्र जाँच पास समितिले अभिनेत्री शुभेच्छा थापाले निर्माण गरेको फिल्म 'मिस नेपाल'लाई पिजी प्रमाणपत्र प्रदान गरेको छ ।

एमाओवादीले चुनावी प्रचारमा प्रयोग गर्ने भोजपुरी भाषाको गीत तयार भएको छ । जहाँ कमरेड रेखा थापा र आयुष रिजालले हँसिया हतौडामा भोट हालौं भन्ने अपिल गरेका छन् ।

