Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.33/5.00)
Text size:-
+
-

कलेज क्याम्पियनमा `मोक्ष`

फिल्मीखबर, काठमाण्डौ, 2014/02/11

सर्वाधिक प्रशंशा पाउन सफल फिल्म ‘मोक्ष’ युनिट कलेज क्याम्पियनमा जुटेको छ । कलेजका विद्यार्थीलाई फिल्म हेर्न अनुरोध गर्दै ‘मोक्ष’ युनिट राजधानीका कलेजमा फिल्मको प्रचार गर्न पुगेको हो ।

 

एशियन कलेज र गोल्डेन गेट कलेजका विद्यार्थीमाझ ‘मोक्ष’ युनिट पुगिसकेको छ । राजधानीका हरेक कलेजमा पुग्ने निर्देशक प्रविन श्रेष्ठले बताए । कलेज क्याम्पियनमा कलाकार कोशिस क्षेत्री, बिक्रम सिंह, दिपेश भण्डारी लगायत छन् । ‘मोक्ष’ कलाकार बेनिशा हमाल भने फिल्म प्रचारको लागि यतिखेर गृह जिल्ला चितवनमा छिन् ।

 

मेरुदण्ड पक्षघात हुनेगरी निर्देशक श्रेष्ठको जिवनमा घटेको दुर्घटना र सफल साँगीतिक यात्रालाई मुख्य विषय बनाइएको ‘मोक्ष’ हेर्न हलमा दर्शकको संख्या बढ्ने आशा निर्माता सुनिल मानन्धरले गरेका छन् । ‘मोक्ष’ले प्रदर्शनको तीन दिनमा करिब ३५ लाखको व्यापार गरेको छ । अष्ट्रेलिया, जापान, युके, कतारका दर्शक माझ सर्वाधिक रुचाइएको ‘मोक्ष’ प्रदर्शन हुने भएको छ ।