Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बंगाली फिल्ममा नेपाली हिरोईन

फिल्मीखबर, काठमाण्डौ, 2014/02/10

फिल्म 'ढुवानी'को आईटम गीतमा आफ्नो जवानी छल्काएर रजतपटमा प्रवेश गरेकी अर्चना देल्लालले बंगाली फिल्म गर्दैछिन् जसको सोमबार औपचारिक रूपमा जानकारी गराईयो ।

 

 

‘सादा कालो आकाशेर क्यानभासे’ नामक बंगाली फिल्ममा अर्चनालाई मुख्य भूमिका दिइएको बंगाली निर्देशक तनविन रफिकले पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराए । निर्देशक रफिकले अर्चना 'ट्यालेन्ट' भएर फिल्मलाई लिएको बताए । यता हिरोईन बन्न लागेकी अर्चनाले आफू अडिसनबाट छनोट भएको बताउँदै बंगाली फिल्ममा अभिनय गर्न पाउँदा खुसी लागेको बताईन् ।

 

अर्चनाको अनुहार फिल्मको कथासँग मिल्ने भएकाले पनि फिल्ममा अनुबन्धित गरिएको निर्देशक बताउँछन् । नेपालीमा 'मायाको परिचय' अर्थ बोक्ने यो फिल्मको ६० प्रतिशत सुटिङ नेपाल र बाँकी बंगलादेशमा गरिने बताईएको छ । नेपाल र बंगलादेशको सम्बन्ध सुमधुर बनाउन र दुई देशको कलासंकृती आदानप्रदान गर्न फिल्मले सहयोग गर्ने निर्देशकले बताए ।

 

 

अर्चना बाहेकका अन्य कलाकार बंगलादेशबाट नै हुने बताईएको छ । फिल्मको छायाँकन मार्च महिनाको पहिलो साताबाट शुरू गरिने भएको छ । बंगलादेशका विभिन्न टीभी सिरियल, विज्ञापन, भिडियो निर्देशन गर्दै आएका रफिकको यो पहिलो फिचर फिल्म हुनेछ । उनले यसपश्चात 'गुड इभिनिङ काठमाण्डू' नामक फिल्म निर्देशन गर्ने समेत बताए ।

 

फिल्मलाई बंगलादेशको 'क्लाउड ९' र नेपालको 'नेप्लिज स्टारडम इन्टरटेन्मेन्ट फिल्मस्'ले मिलेर निर्माण गर्न लागेको छ । यसअघि नेपाल र बंगलादेशको ज्वाईन भेन्चरमा 'हामी एक हौं' नामक नेपाली फिल्म निर्माण भएको थियो ।