
अभिनेत्री सुमिना घिमिरेलाई तिहारसँगै जन्मदिनको शुभकामना । लक्ष्मीपूजाको दिन सुमिनाले आफ्नौं २४ औं जन्मदिन मनाउँदैछिन् ।

चैत्र ७ गते रिलिज हुन लागेको फिल्म 'फिटकिरी'को देउसी भैलो गीत रिलिज गरिएको छ ।

प्रतिक्षित फिल्मको रूपमा हेरिएको 'वितेका पल'को गीत सार्वजनिक गरिएको छ ।

अभिनेता जीवन लुइटेललाई फिल्म सिसामा फोटोग्राफरको भूमिकामा देख्न सकिनेछ । यसअघि ब्ल्याकमेलमा जीवनले फोटोग्राफरको भुमिका निभाएका थिए ।

रंगमञ्चबाट फिल्म निर्देशनमा जम्प गरेका अनुप बरालको पहिलो निर्देशकीय फिल्म 'फिटकिरी' चैत ७ गते प्रदर्शन हुने भएको छ । यसअघि सेक्सी फिल्म चपली हाइट निर्माण गरेका अर्जुन कुमारले उक्त मितिमा 'फिटकिरी' देशका मल्टिप्लेक्स सहित सिङ्गल पर्दामा प्रदर्शन हुने जानकारी गराए ।

अभिनेता राजेश हमालको दशैं प्रायः अमेरिकामा हुने गर्दथ्यो । यस वर्षको दशैं कतारका नेपालीसँग मनाएका हमालले यस वर्षको भाइटिका नेपालमै लगाउने भएका छन् ।

