Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

राजबल्लभलाई जवानीमै चढ्यो बुढो हुने रहर !

फिल्मीखबर, काठमाण्डौ, 2014/02/11

जहिल्यै जवान हुने रहर कस्लाई नहोला र ? अझ कलाकारलाई त आफ्नो जवानी कहिल्यै नजाओस् भन्ने हुन्छ । तर, प्रकृतिको नियमले हरेक व्यक्तिलाई जवानबाट बुढोमा पुर्याइदिन्छ ।

 

 

नेपाली फिल्म नगरीमा ‘कवि हिरो’ भनेर चिनिने राजबल्लभ कोइरालाले भने जवानीमै बुढो हुने रहर देखाएका छन् । ‘पर्खि बसे’ डेब्यू अभिनेताले ‘मलाई चिन्नु भो ?’ भन्दै आफ्नो फेसबुक फ्यान पेजमा मुखमा चाउरी परेको तस्बिर सेयर गरेका छन् । राजबल्लभले सेयर गरेको तस्बिरले उनी बुढो भएको प्रष्टैसँग झल्किन्छ ।

 

फागुन २३ गतेबाट प्रदर्शन हुने ‘ऋतु’ फिल्मका अभिनेतालाई किन जवानीमै बुढो हुने रहर जाग्यो ? उनी आफैं जानुन् । जवान अनुहारको तस्बिरलाई सम्पादन गरेर बुढो बनाइएको ‘कवि हिरो’ को उक्त तस्बिरलाई फ्यानले लाइक तथा कमेन्ट भने मज्जैले दिएका छन् ।