Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18427 - 18432 of 24012
फिल्मीखबर, काठमाण्डौ, 2014-01-17, शुक्रवार

फिल्म ‘छ एकान छ’ र ‘बितेका पल’ले हल तथा शो बढाउँदै दोस्रो साताको प्रदर्शन सुरु गरेका छन् । यो शुक्रबार ‘डफर्स’ नामक नेपाली फिल्म प्रदर्शन भएपनि ‘छ एकान छ’ र ‘बितेका पल’को शो तथा पर्दामा कुनै असर परेको छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2014-01-17, शुक्रवार

समाजमा कुप्रथाको रुपमा रही आएको बोक्सी प्रथालाई मुख्य विषय बनाइएको ‘बोक्सी’ फिल्मलाई चितवनस्थित भरतपुरमा देखाइएको छ । यही माघ १ र २ गते चितवनका प्रमुख जिल्ला अधिकारी तथा स्काउटमा आवद्ध बालबालिकालाई ‘बोक्सी’ देखाइएको हो ।

 

फिल्मीखबर, काठमाण्डौ, 2014-01-17, शुक्रवार

नेपाल चलचित्र निर्देशक समाजले ‘सिनेमा क्लब’ सञ्चालनमा ल्याएको छ । साताको प्रत्येक शुक्रबार एउटा फिल्म समाजको भवनमा देखाउने घोषणा गर्दै सञ्चारमन्त्री माधव प्रसाद पौडेलले ‘सिनमा क्लब’ को औपचारिक उद्घाटन गरे ।

फिल्मीखबर, काठमाण्डौ, 2014-01-16, बिहिवार

अभिनेता अर्पण थापाले निर्देशन गरिरहेको फिल्म 'मुखौटा'मा अभिनेता सौगात मल्लको गेटअप सार्वजनिक भएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2014-01-16, बिहिवार

अमेरिकाका एक दर्जन भन्दा बढि स्टेट तथा अन्य मुलुकमा सफल प्रदर्शन पश्चात सूर्य बोहोरा निर्देशित फिल्म ‘मुटु’ यही माघ २४ गते अल नेपाल प्रदर्शन हुँदैछ । बिदेशमा दर्शकको राम्रो साथ पाएको यो फिल्मलाई नेपालमा पनि रूचाईने विश्वास निर्देशकले लिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-01-16, बिहिवार

हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मह यात्रा लिएर अष्ट्रेलिया पुगेका छन् । जनावरी १८देखि फेव्रुअरी २ तारिखसम्म चल्ने मह यात्रामा कलाकार बसुन्धरा भुषाल, नरेन्द्र कंसकार, किरण केसी, शिवहरी पौडेल, मोहित आचार्य र गायीका कुन्ति मोत्तान पनि सहभागी छन् ।

Results : 18427 - 18432 of 24012