Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लुकेनन् `ऋतु` अभिनेत्रीका प्रेमी

फिल्मीखबर, काठमाण्डौ, 2014/03/07

बिहिबार साँझ बिग मुभिजमा भएको फिल्म 'ऋतु'को भव्य प्रिमियर समारोहमा सबैभन्दा बढि आकर्षणको केन्द्रमा सोही फिल्मका दुई अभिनेत्री बने । कारण, यि दुईका प्रेमी खुलेरै आफ्नो प्रेम दर्शाए ।

 

अभिनेत्री तथा पूर्व मिस नेपाल मलिना जोशी मोडल र अभिनेता अनुप विक्रम शाही


'ऋतु'की मुख्य अभिनेत्री तथा पूर्व मिस नेपाल मलिना जोशी मोडल तथा अभिनेता अनुप विक्रम शाहीको प्रेममा छिन् । यि दुई प्रेममा डुबेको धेरै भएको छैन तर आफ्नो प्रेम दर्शाउन यिनीहरूलाई कुनै हिच्किचाहट छैन । प्रिमियरमा यो जोडी मुख्य आकर्षणमा रहे ।


यता अभिनेत्री तथा मोडल रीमा विश्वकर्मा पनि गायक तथा विजनेस म्यान अमिर शेखसँग इन रिलेशनशिपमा छिन् । रीमाले पनि आफ्नो प्रेमी चिनाउन गार्‍हो मानिनन् । सञ्चारकर्मीको क्यामेरा अगाडी रीमा र अमिरले पोज दिएरै फोटो सेसन गराए । बुझ्नमा आएअनुसार रीमा र अमिरले छिट्टै नै आफ्नो प्रेमलाई बिबाहमा परिणत गर्दैछन् ।

 

अभिनेत्री तथा मोडल रीमा विश्वकर्मा गायक तथा विजनेस म्यान अमिर शेख

 

आ-आफ्नो प्रेमिकाले गरेको कामबाट निकै खुसी देखिएका अनुप र अमिरले मोबाइलमा शुभचिन्तकसँग प्रेमिकाको तस्विरलाई कैद गर्दैमा फुर्सद पाएनन् । फोटो कैद गरेपश्चात दुबैले फेसबुकमा पोस्ट गर्दै खुसी समेत साटे ।

 

यस्तै करियोग्राफर रेनशा राई र उनका प्रेमी तथा निर्माता प्रज्वल शमशेर राणा पनि प्रिमियरमा सहभागी थिए भने अभिनेत्री ऋचा शर्माले गौरव पहारी र निश्चल बस्नेतका साथ एकसाथ बसेर फिल्म हेरिन् । फिल्मी बजारमा ऋचाको पूर्व प्रेमी निर्देशक निश्चल बस्नेत र हालका प्रेमी गौरव पहारी भनेर गफ गर्ने मेसो बनेको छ । यिनीहरू कसैले आफ्नो प्रेमको बारेमा औपचारिक रूपमा मुख खोलेका भने छैनन् ।