Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाल र अष्ट्रेलियमा `ऋतु` प्रिमियर । बिग मुभिजमा मिस नेपालको घुइँचो

फिल्मीखबर, काठमाण्डौ, 2014/03/07

आज (शुक्रबार २३ गते)बाट अल नेपाल प्रदर्शनमा आएको फिल्म ‘ऋतु’को नेपाल र अष्ट्रेलियामा एकसाथ प्रिमियर गरिएको छ । फागुन २२ गते अष्ट्रेलियाको सिड्नी स्थित सिभिक थिएटर र काठमाडौंस्थित कमलपोखरीको बिग मुभिजमा ‘ऋतु’ को प्रिमियर गरिएको हो ।

 

बिग मुभिजमा साँझ ७ बजेदेखि सुरु भएको ‘ऋतु’को प्रिमियरमा विशेषतः मिस नेपालहरु मुख्य आकर्षकको केन्द्र बने । सन् २०११ की मिस नेपाल मलिना जोशीको मुख्य अभिनय रहेको ‘ऋतु’ को प्रिमियर शोमा पूर्व मिस नेपाल स्वेता सिंह, माल्भिका सुब्बा, सदिक्षा श्रेष्ठ, ईशानी श्रेष्ठ सहित मिस नेपाल रनरअपको बाक्लोको उपस्थिति रह्यो । मिस नेपाल भएकै कारणले हुनसक्छ मलिनाको अधिकांश दृश्यमा उपस्थित पूर्व मिस नेपालहरूले हुटिङ गरेका थिए ।

 

त्यस्तै अभिनेत्री तर्फ भने प्रियंका कार्की, निशा अधिकारी, ऋचा शर्माले पनि साँझको महोललाई गर्माएका थिए । यि बाहेक पनि प्रिमियरमा थुप्रै फिल्मकर्मी र सञ्चारकर्मीको भीड थियो । ‘ऋतु’ मा सम्वद्ध नेपालमा रहेका अधिकांश सदस्य प्रिमियरमा सहभागी बने । ‘ऋतु’ डेव्यु निर्देशक मनोज अधिकारी अष्ट्रेलियाको प्रिमियर शोमा सहभागी भए । अभिनेता राजबल्लभ कोइराला भने यतिबेला अमेरिकामै छन् ।

 

प्रिमियरमा सहभागीले ‘ऋतु’ लाई मन परेको प्रतिक्रिया दिए । पहिलो पटक फिल्ममा अभिनय गरेकी सन् २०११ की मिस नेपाल मलिना जोशी र अभिनेत्री रिमा विश्वकर्माको प्रस्तुतीलाई सबैले प्रशंसा गरे । सुसन प्रजापतीको छायाँकन रहेको ‘ऋतु’ मा अपिल विष्ट, शैलु आचार्य, अशोक गौतम, सुरज प्रधानको संयुक्त लगानी रहेको छ । यो फिल्म प्रेम जोडीको सम्बन्धमा आउने उतार चढावको विषयम केन्द्रित छ । यो फिल्मलाई दर्शना आर्टस्ले वितरण गरेको हो ।