Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नौ महिनापछिको स्वस्थ सन्तान `अधकट्टी` (मुहुर्त फोटो फिचर)

फिल्मीखबर, काठमाण्डौ, 2014/03/07

विगत ९ महिनादेखि प्रि-प्रोडक्सनमा अल्झिएको फिल्म ‘अधकट्टी’ युनिटले औपचारिक कार्यक्रम गर्दै यही महिनादेखि सुटिङ सुरु हुने जानकारी गराएको छ । फिल्मका डेव्यु निर्देशक सञ्चारकर्मी सुव्रत आचार्यले काडमाडौं र चितवन गरी ३५ दिनमा सुटिङ प्याकअप गर्ने जानकारी दिए ।

 

२५ वर्ष अगाडी 'चेलिबेटी' फिल्मबाट फल्म निर्माणमा हात बढाएका निर्माता प्रदीप कुमार उदयले आन्तरिक कारणले गर्दा फिल्मको प्रि-प्रोडक्सनमा लामो समय लाग्न गएको बताए भने निर्देशक आचार्यले ढिलै भएपनि स्वस्थ सन्तान जन्मिने दाबी गरे । निर्देशक आचार्यले भने, ‘फिल्म आम दर्शकको लागि बनाउनेछु ।’

 

‘अधकट्टी’ मा विल्सन विक्रम राई, गौरव पहारी, अशिष्मा नकर्मी, रिस्ता बस्नेत, गम्भिर बिष्ट र नव प्रस्तुतीको रुपमा प्रदीप बाँस्तोलाको मुख्य भूमिका रहनेछ भने अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता गजित बिष्टले फिल्ममा विशेष भूमिका निभाउँदैछन् ।

 

फिल्ममा राजन इशान र बसन्त सापकोटाको संगीत तथा कविराज गहतराज र गम्भिर बिष्टको नृत्य निर्देशन रहनेछ । रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन रहने फिल्मलाई हरी घलले छायाँकन गर्दैछन् । फिल्मलाई चैतन्य बराल र नरेश पाण्डेले लगानीमा सहयोग गर्दैछन् ।

 

सञ्चारकर्मी सुवास ढकालको कथामा निर्देशक आचार्य, अर्का सञ्चारकर्मी विजय अधिकारी र जया शर्माको पटकथा तथा संवाद रहेको यो फिल्म कमेडी जनराको हुनेछ । फिल्मका कलाकार छान्ने काम सञ्चारकर्मी शान्तिप्रियले गरेका हुन् ।