Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अष्ट्रेलिया बेचियो `फिटकिरी`

फिल्मीखबर, काठमाण्डौ, 2014/03/06

यहि चैत्र ७ गतेबाट नेपालभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म 'फिटकिरी'लाई चैत्र ९ गते अष्ट्रेलियामा रिलिज गरिने भएको छ । एकता फिल्मसलाई फिल्म निर्माण युनिटले फिल्म प्रदर्शनको अधिकार दिएको हो ।

 

 


बिहिबार एकता फिल्मससँग फिल्म प्रदर्शनका अनुमतीका लागि निर्माण युनिटको तर्फबाट निर्माता अर्जुन कुमार र सुमित मैनालीले सम्झौता गरे । रकम उल्लेख नगरेपनि निर्माता कुमारले मोटो रकममा अष्ट्रेलिया प्रदर्शनको अधिकार दिएको बताए । यस्तै अप्रिल ६ तारिखमा यो फिल्मलाई हङकङमा पनि रिलिज गरिने निर्माता कुमारले जानकारी गराए । अन्य देशमा पनि रिलिजका लागि कुरा चलिरहेको उनको भनाई छ ।

 

सौगात मल्ल, निश्चल बस्नेत र दिया मास्के लिड रोलमा प्रस्तुत भएको फिटकिरीले काठमाण्डौमा हुने समुहगत फाईट र त्यस्को अनुसन्धानको कथा बोल्नेछ । थिएटरमा जमेका अनुप बरालले निर्देशन गरेको यो फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन छ ।