
फिल्म बजार यतिखेर ‘छ एकान छ’ मय भएको छ । यस कमेडी फिल्मले हिन्दी ‘धुम थ्री’ पछि व्यापारमा उधुम मच्याइरहेको बजार रिपोर्ट छ । एकै मितिमा प्रद्रर्शन भएको प्रतिद्धन्दी फिल्म ‘बितेका पल’ ले पनि सन्तोषको व्यापार गरिरहेको निर्माण युनिटको दाबी छ ।

अभिनेत्री रेखा थापाले सुर्खेतमा रहेका राउटे समुदायसँग माघी मनाएकी छिन् । ‘रेखा थापा फाउन्डेशन’ मार्फत खसी र खाद्यन्न कोसेली लिएर अध्यक्ष थापा त्यहाँ पुगेकी हुन् । राउटेसँग माघी मनाएर रेखा भोली काठमाडौं फर्कने छिन् ।

शिवरात्री नआउँदै कलाकार दायाहाङ राई, प्रियंका कार्की र ए.गुरुङले ‘बम बम भोले’ गीत गाएका छन् । डार्क कमेडी फिल्म ‘झोले’ का लागि उनीहरुले उक्त गीत गाएका हुन् । माघे संक्रान्तीको अवसर पारेर ‘झोले’ युनिटले ‘बम बम भोले’ गीत सार्वजनिक गरिएको हो ।

आगामी माघ २४ गते रिलिज हुन लागेको फिल्म 'मोक्ष'को रोमाण्टिक गीत रिलिज गरिएको छ । फिल्मको अफिसियल फेसबुक पेजबाट आउट गरिएको उक्त गीतमा कोशिस क्षेत्री र बेनिशा हमालको प्रेमलाई देखाईएको छ ।

‘लुट’ फिल्ममा समावेश ‘उध्रेको चोली’ आइटम गीत सर्वाधिक हिट बन्यो । सुष्मा कार्कीले कम्मर मर्काएको उक्त गीतको प्रत्यक्ष प्रभाव फिल्मको व्यापारमा देखियो ।

यतिखेर फिल्म बजार कमेडी फिल्मको पक्षमा देखिएको छ । प्रदर्शनरत कमेडी फिल्म ‘छ एकान छ’को सुखद व्यापारले अन्य कमेडी फिल्मको व्यापार पनि राम्रो हुने सम्भावनाको ढोका खोलिदिएको छ ।

