Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तक्मे बुढाले भने, `मेरो भाऊ आलुसँग नदाँज्नुस्`

फिल्मीखबर, काठमाण्डौ, 2014/03/07

फिल्ममा अभिनय गरेवापत उच्च पारिश्रमिक लिने नगरेको दावी कलाकार विल्सन विक्रम राईले गरेका छन् । उच्च पारिश्रमिक लिने भनेर मिडियाले एकपक्षी सामाचार सम्प्रेसण गरेको भन्ने आरोप राईले लगाए ।

 

‘अधकट्टी’ फिल्मको प्रेसमिटमा बोल्दै तक्मे बुढा उर्फ विल्सन विक्रम राईले भने, ‘भाऊ बढ्न र घट्न म आलु हैन । मिडियाका साथीहरु कृपया समाचार लेख्दा मेरो पनि कुरा लेखिदिनु होला ।’

 

आफु कलाकारिताको लागि जन्मिएको बताउने विल्सनले यही क्षेत्रमा मर्ने समेत कसम खाए । उनले भने, ‘मलाई धेरै पैसा चाहिदैंन । एउटा फिल्म खेले वापत लिएको पैसा फिल्म खेलिसक्दा सकिन्छ । कसरी मैले धेरै पैसा लिएँ ?’

 

राईले केही व्यक्ति नुवाएरै आफ्नो पछाडी लागेको समेत भन्न भ्याए । तर, को र किन पछाडी लागेको भन्ने कुरा भने विल्सनले खुलाएनन् । विल्सनले फिल्म 'तक्मे बुढा लस्ट इन लण्डन'का लागि भने १६ लाख रूपैंया लिएको स्विकारिसकेका छन् । उनले उक्त रकम आफ्नो ब्राण्ड नामको लागि लिएको बताए ।