Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

प्रशान्त तामाङले किन खेले नेपाली फिल्म ?

फिल्मीखबर, काठमाण्डौ, 2014/03/06

दार्जीलिङमा रहेका नेपालीले चलाएको भोटिङ अभियनबाट सन् २००७ मा इन्डियन आइडल बनेका प्रशान्त तामाङले नेपाली फिल्ममा अभिनय गर्नुको कारण बारे बोलेका छन् । पाँच वटा नेपाली फिल्ममा मुख्य भूमिकामा अभिनय गरिसकेका प्रशान्तले फिल्मीखबरसँगको विशेष भेटमा नेपाली फिल्म खेल्नुको रहस्य खोले ।

 

‘गोर्खा पल्टन’ ब्यानरको अर्को फिल्ममा अभिनय गर्न गत साता कोलत्ताबाट काठमाडौं आइपुगेका प्रशान्तले फिल्मीखबरसँग भने, ‘इन्डियन आइडलमा मलाई भोट गरेर जिताउने सम्पूर्ण नेपाली शुभचिन्तकका लागि मैंले नेपाली फिल्ममा अभिनय गरेको हुँ ।’ यसै साताबाट नारायण रायमाझी निर्देशित फिल्मको छायाँकनमा जाने तयारी गर्दै गरेका प्रशान्त थपे, ‘नेपाली सर्जकसँग विस्तार भएको मेरो सम्बन्धको कारणले पनि मैंले फिल्म खेल्दिन भन्न सकिन । फिल्म खेल्न आएजति प्रस्तावालाई मैले सम्बन्धकै कारण ‘ओके’ भनिरहेको हुँ ।’

 

आफु व्यावसायिक कलाकार नभएको बताउने प्रशान्तले नेपाली फिल्म र फिल्म बजारबारे पनि जानकारी राख्ने गरेको सुनाए । उनले भने, ‘लुट चलेपछि बिचमा धेरै फिल्म चलेनन् भन्ने सुनें । अहिले आएर फेरी नेपाली फिल्मले दर्शक तानिरहेको सुनेको छु । फिल्म चल्यो भन्ने खबर पाउँदा खुसी लाग्छ ।’ प्रशान्त अभिनित ‘गोर्खा पल्टन’ बाहेक अन्य तीन फिल्मले राम्रो व्यापार गर्न सकेनन् । उनी अभिनित ‘निशानी’ फिल्म प्रदर्शनको क्रममा छ ।

 

आफु अभिनत फिल्म असफल हुँदा प्रशान्तलाई चिन्ता लागेन । के लाग्यो त ? तेस्रो एल्बम निकाल्ने तयारी गरिरहेका प्रशान्तले भने, ‘किन फिल्म चलेनन् भनेर म चिन्तामा हैन चिन्तनमा परें ।’ फिल्म सुटिङको लागि एक महिना समय छुट्याएर आएका प्रशान्तले नोपली फिल्म मेकर्सले समाउनु पर्ने धारको बारेमा पनि सुझाए । उनले भने, ‘नेपाली फिल्म कि त पुरै बलिउड या हलिउड स्टाईलमा बन्नु पर्यो, कि त टिपिकल नेपाली कथावस्तुमा ।’