
यतिखेर दर्शकलाई हलमा कुन फिल्म चल्दैछ ? भन्ने हैन देशको राजनीति कता जाँदैछ ? भन्ने व्यग्र चासो छ । हलमा फिल्म छन् तर दर्शक छैनन् । फिल्म हेर्ने दर्शक नभएपछि निर्मातालाई घाटा मात्रै छ ।

अमेरिकाको न्युयोर्कमा चल्ने एकदिने पोभर्टी केयर फिल्म फेस्टिभलका लागि नेपालबाट दुई सर्ट फिल्म 'ह्वाइट अम्ब्रेला' र 'बाँसुल्ली' छानिएका छन् । मंसिर २७ मा साढे तीन घन्टा चल्ने उक्त फेस्टिभलका लागि नेपाल सहित बिभिन्न देशका ६४ फिल्म छानिएका छन् ।

केएल टावर चावहिलमा अत्याधुनिक प्रविधि जडान गरिएको अन्तर्राष्ट्रिय स्तरको हल ‘क्यूव–३’ संचालनमा आएको छ । नेपालमा पहिलो पटक निर्माण गरिएको भनिएको गुणस्तरयुक्त उक्त हलको बिहिबार साँझ सिमित फिल्मकर्मी तथा सञ्चारकर्मीमाझ उदघाटन गरियो ।

कलाकार दयाहाङ राई यस वर्ष लक्की देखिएका छन् । युवा दर्शक बिच निकै नै लोकप्रिय भएको 'लुट' फिल्ममा 'गोफ्ले'को भूमिकामा प्रस्तुत भएका दयाहाङका यो वर्ष ३ वटा फिल्म रिलिज हुने पक्का पक्की भएको छ ।

पाठेघरमा लागेको क्यान्सरलाई पराजय गरेर सामान्य जीवनमा फर्किएकी अभिनेत्री मनिषा कोइराला र्याम्प शो देखिएकी छिन् । केही महिना अघि जन्डिसबाट प्रभावित भएकी मनिषा गत साता मुम्बइमा सम्पन्न एक इभेन्ट्समा वाक गरिन् ।

दोस्रो संविधान सभाको प्रत्यक्ष तर्फको निर्वाचनमा नेपाली काङ्ग्रेसका नेता नरहरी आचार्य काठमाडौं क्षेत्र नम्वर ५ बाट विजयी भए । नेपाली राजनीतिमा वृत्तमा स्पष्ट वत्ताको रुपमा परिचित यिनै दोस्रो संविधान सभाका विजयी काङ्ग्रेसी नेतासँग साप्ताहिक शुक्रबारका सुकृत नेपालले फिल्म कुराकानी गरेका छन् । नरहरी आचार्यसँग सुकृतले गरेको कुराकानीको सम्पादीत अंश -

