
पोस्टरमा आफ्नो टाउको राखेर फिल्म बेच्न तम्सिदा अभिनेता राजवल्लभ कोइरालाले चित्त दुखाएका छन् । उनले 'पराइ' फिल्ममा आफ्नो अभिनय नरहेको तर युनिटले मुख्य कलाकार जसरी नै प्रचार प्रसार गरेपछि आपत्ती जनाएका हुन् ।

एउटै मितिमा एक भन्दा बढी फिल्म प्रदर्शन हुँदा निर्माता घाटामा नेपाली फिल्म क्षेत्रमा थुप्रै उदाहरण छन् । सोलो रिजिल गर्दा समेत फिल्म नचलिरहेको वर्तमान अवस्थामा पौष २६ गते भने ५ वटा फिल्म प्रदर्शन हुने बलियो सम्भावना देखिएको छ ।

अभिनेत्री प्रियंका कार्की आइटम डान्स तर्फ पनि हिट हुने धुनमा छिन् । रजटपटमा डेव्यु गरेको छोटो समयमै आधा दर्जन भन्दा बढी फिल्ममा अभिनय गरेकी प्रियंकाको डिमान्ड आइटम डान्समा पनि बढ्दो छ ।

नेपाली गीत, संगीतमा सर्वाधिक सुनिने नारायण गोपालको २३ औं स्मृति दिवसलाई नेपाली फिल्म क्षेत्रका संगीत प्रेमी फिल्मकर्मीले पनि सम्झिएका छन् ।

किस्मत र कस्ले चोर्यो मेरो मनकी अभिनेत्री रेखा थापालाई चाहिं मिस गर्नु भएन ? भन्ने एक सञ्चारकर्मीको प्रश्नमा आर्यनको जवाफ थियो- 'मैले उहाँलाई सम्झन आवश्यक ठानिन । रमाइलो गर्न छवि मामुसँगै अरु पनि हुनुहुन्थ्यो ।'

शुक्रबार प्रदर्शन हुने 'लोफर' फिल्मका लागी आयोजना गरिएको प्रेस समारोहमा नेपाल चलचित्र संघका महासचिव प्रदीप कुमार उदय र सञ्चारकर्मी बिच चर्काचर्की चलेको छ ।

