Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18397 - 18402 of 23740
फिल्मीखबर, काठमाण्डौ, 2013-12-07, शनिवार

पौष २६ गते रिलिज हुन लागेको फिल्म '६ एकान ६'को प्रोमो सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक गरिएको प्रोमोश्नल गीतलाई मिक्स गरेर तयार पारिएको उक्त प्रोमोमा फिल्मका अभिनेता तथा निर्माता दीपकराज गिरीलाई दबंग शैलीमा प्रस्तुत गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-06, शुक्रवार

रजतपटमा केही यस्ता कलाकार छन् जोसँग चम्किने कला छ तर चम्किरहेका छैनन् । अथवा उनीहरुको चम्काइ सिमित समयको लागी छ । फिल्मीखबरले नेपाली फिल्ममा चम्किने गुण भएर पनि चम्किन नसकेका कलाकार बारे चर्चा गरेको छ ।

फिल्मीखबर, चितवन, 2013-12-06, शुक्रवार

दुबै मृगौलामा खराबी आएपछि गम्भिर अवस्थामा पुगेका निर्देशक शिव रेग्मीको स्वास्थ्य उपचारका लागि चलचित्र पत्रकार संघ चितवन र ईन्द्रदेव चलचित्र मन्दिर नारायणगढले ३६ हजार एकसय ११ रुपैया अर्थिक सहयोग गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-06, शुक्रवार

देशका एक सय पर्दाबाट एकसाथ प्रदर्शनमा आएको छवि ओझा निर्मित फिल्म 'लोफर'को ओपनिङ शो हाउसफुल हुनबाट चुकेको छ ।  काठमाण्डौका वितरक गोपाल कायस्थले 'लोफर'को सुरुवाती व्यापार सन्तोषजनक रहेको बताए भने निर्माता ओझा शनिबारबाट फिल्मको व्यापार बढ्नेमा विश्वस्त देखिए ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-06, शुक्रवार

'आइ एम सरी' फिल्मका निर्माता हरि महत पुन: अर्को फिल्म निर्माणमा जुटेका छन् । मंसिरको अन्तिम साताबाट फ्लोरमा जाने गरि हरिले सुवास कोईरालाई फिल्म निर्देशनको जिम्मा दिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-06, शुक्रवार

झन्डै १२ वर्षदेखि टेलिभिजनको पर्दामा श्रीमान श्रीमतीको भूमिका निभाउँदै आएका कलाकार दीपाश्री निरौला र दीपकराज गिरीलाई रियल लाइफमै पनि जोडी बनेको देख्ने दर्शकको चाहना पूरा नहोला । तीतो सत्यमा दीपाको श्रीमान बनेका दीपक वास्तविक जीवनमा भने अरु कसैको श्रीमान हुन् ।

Results : 18397 - 18402 of 23740