अष्ट्रेलियामा बनेको फिल्म 'ॠतु'ले सिड्नीबाट ३३ लाख रुपैयाँ ग्रस कमाउन सफल भएको छ । सिड्नी सिटीको सिभिक थिएटरमा तीन दिन गरिएको फिल्म प्रदर्शनीबाट उक्त रकम उठेको निर्देशक मनोज अधिकारीले जानकारी दिए ।
'ॠतु' पहिलो दिनमा पहिलो पटक नेपाली सिनेमा गोल्ड क्लासमा देखाइएको थियो भने दोस्रो दिन र तेस्रो दिन भने बिशेष शो गरिएको निर्देशक अधिकारीले बताए । सबै शोहरु हाउसफुल हुँदा खुसी व्यक्त गर्दै मनोजले आगामी शोहरूबाट पनि राम्रो रकम उठ्ने विश्वास लिए । शनिबारको शोमा दर्शकहरू टिकट नपाएर फर्कनु पर्दा आफूलाई दु:ख लागेको समेत उनले बताए ।
दर्शकको उपस्थिती राम्रो हुनाले थप शोहरू राखिने तयारी गरेको निर्देशक अधिकारी बताउँछन् । नेपालमा सोचे अनुरूपले फिल्म नचलेपनि बिदेशमा दर्शकको राम्रो साथ पाउँदा निर्माता अपिल बिष्ट दंग छन् । उनका अनुसार फिल्मले अष्ट्रेलियाबाट नै लगानी उठाउने छ । सिड्नी लगायत अष्ट्रेलियाका १८ बिभिन्न शहरहरुमा 'ऋतु' देखाईने भएको छ ।
अष्ट्रेलियाको सिड्नीमा 'ऋतु'को प्रदर्शन पश्चात दर्शकले दिएको प्रतिक्रिया
'ॠतु' अष्ट्रेलिया सहित जापान, अमेरिका, न्यूजिल्यान्ड, स्पेन, पोर्चुगलमा देखाउने तयारी गरिएको निर्देशक अधिकारीले बताए । उनका अनुसार अन्य देशमा पनि रिलिजका लागि कुरा भईरहेको छ । फिल्ममा राजबल्लभ कोईराला, मलिना जोशी र रीमा विश्वकर्माको मुख्य भूमिका छ ।
.jpg)
.jpg)

