
फिल्म 'अन्तराल' डेव्यु सुन्दरी हिरोइन अशिष्मा नकर्मीलाई मनको रानी बनाउनु भएको छ भने दुःखीत नबन्नुस् । अशिष्माले एक साता पछि रियल लाइफमा बिहे गर्दै छैनन् । 'राघव' फिल्मका लागी मात्रै अशिष्माले उक्त डायलग बोलेकी हुन् ।

'अन्दाज', 'हमेशा', 'मेरो एउटा साथी छ', 'सौर्य' जस्ता फिल्मका लेखक सुवास सिंह बस्न्यात निर्देशनमा जम्प गर्ने भएका छन् । वीरयोद्दा बलभद्र कुवँरलाई रिफ्रेन्स बनाएर बन्यातले 'बटालिएन फाईभ' नामक फिल्म निर्देशन गर्न लागेका हुन् ।

मंसिर १४ गतेबाट कैलालीको लम्कीमा जारी प्रथम लम्की महोत्सवमा चिसो अनुभुती गरेका दर्शकलाई अभिनेता राजेश हमाल र गायिका मल्लिका कार्कीले तताए ।

डिभोर्स नै भएपनि अभिनेत्री रेखा थापा र निर्माता छवि ओझाको व्यावसायिक सम्बन्ध कायम नै थियो । डिभोर्सपछि पनि छविले फिल्म 'हमेशा'मा रेखालाई खेलाए । रेखाले निर्माण गरेको 'काली' फिल्मको कार्यकारी निर्माताको नाम समेत छवि ओझा लेखिएको थियो । 'काली'को हल व्यवस्थापनको जिम्मा समेत छविले लिएका थिए ।

'फिल्मका कतिपय शब्द र संवाद राम्रो होस् भनी हामी आफैंले पनि मिलायौं,' फिल्म एउटा साथीको वर्कसपमा व्यस्त निर्देशक शोभित बस्नेतका पुत्र शलोन बस्नेत भन्दै थिए- 'वर्कसपले एक अर्कासँग घुलमिल हुन सहयोग गर्यो । जस्ले गर्दा सुटिङ स्पटमा हामीलाई सँगै काम गर्न सहज हुनेछ ।'

भोली शुक्रबारदेखि बेलुकी साढे ४ बजे लाजिम्पाटस्थित भिलेज थिएटरमा मञ्चन हुने नाटक 'टेलिङ अ टेइल : किचेन ड्रामा'मा अभिनेत्री बिनिता बरालले उपस्थित दर्शकलाई हँसाउने र रूवाउने बताईन् ।

