Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नयाँ बर्षमा पूजनाको `चक्लेट`

फिल्मीखबर, काठमाण्डौ, 2014/03/09

अभिनेत्रीबाट निर्मात्री बन्न लागेकी पूजना स्त्रीले आफ्नो फिल्म `चक्लेट` सडक बालबालिकाको विषयवस्तु माथि बन्ने बताएकी छिन् । यस फिल्ममा पूजनाको लगानी सहित कथा, पटकथा एवं संवाद समेत हुनेछ ।

 

निर्मल शर्मा ‘गैंडा’लाई निर्देशनको जिम्मा दिएकी पूजनाले फिल्मीखबरसँग भनिन्, ‘सडक बालबालिकाको विषयमा अध्ययन गर्दै विगत दुई वर्षदेखि फिल्मको कथा लेख्न सुरु गरेको हुँ ।’ उनले ‘चकलेट’ क्लास र मासलाई टार्गेट गरिने बताइन् ।

 

आउँदो वैशाख १ गतेदेखि सुटिङ प्रारम्भ हुने ‘चकलेट’ मा पूजना स्वयम् पनि महत्वपूर्ण भूमिकामा देखिंदै छिन् । उनले आफ्नो भूमिका र अन्य कलाकारको नाम सुटिङ सुरु नभएसम्म गोप्य नै राख्ने बताइन् । 'हिरो' फिल्म डेव्यु अभिनेत्रीले भनिन्, ‘मुहर्तको दिन हामी सबै कलाकार तथा प्राविधिकलाई सार्वजनिक गर्नेछौं ।’

 

चालिस लाखसम्म लगानी रहने ‘चकलेट’ को पुरै छायाँकन काठमाडौंमा हुनेछ । ‘चकलेट’ युनिट हाल प्रि-प्रोडक्सनमा व्यस्त छ ।