Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 1.00/5.00)
Text size:-
+
-

`नोभेम्वर रेन`लाई चाहियो हाईप !

फिल्मीखबर, काठमाण्डौ, 2014/03/09

फिल्म रिलिजको दिनगन्ती सुरु भैरहँदा ‘नोभेम्वर रेन’ यूनिट भने आन्तरिक किचलोमा फसेको छ । सुन्नमा आएनुसार फिल्म प्रदर्शन गर्ने मितिलाई सार्ने विषयलाई लिएर ‘नोभेम्वर रेन’ वितरक र निर्माताविच विवाद चुलिएको छ ।

 

वितरणको जिम्मा लिएको मनोज राठी समुहले निर्माता सुवास गिरीलाई चैत १४ को प्रदर्शन मिति सार्न दबाब दिइरहेको बुझिएको छ । निर्माता गिरी भने फिल्मलाई पछि सार्ने मनस्थितिमा नभएको बुझिन्छ । रिलिज डेट धकेलिएपछि व्यापार राम्रो नहुने देखेर सुवास जसरी भएपनि चैत १४ नै ‘नोभेम्वर रेन’ रिलिज गर्ने पक्षमा छन् ।

 

फिल्म प्रचारको लागि सुवास यही चैत १ गते मलेसियाबाट नेपाल आउदैछन् । आर्यन सिग्देल र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्मका निर्देशक दिनेश राउत पनि प्रदर्शन मिति सार्ने पक्षमा रहेको बुझिएको खानेखुसी छ । निर्माता समेत रहेका अभिनेता सिग्देल भने प्रदर्शन मिति सार्ने कि नसार्नेको दोधारमा छन् । यद्पी आर्यन ‘नाइके’ फिल्मको सुटिङ सकाएर ‘नोभेम्वर रेन’ को प्रचारको लागि काठमाडौं आउँदैछन् ।

 

पोष्टको अन्तिम चरणमा रहेको ‘नोभम्वर रेन’ को प्रदर्शन मिति किन सार्न खोजिदैंछ त ? बुझ्नमा आए अनुसार फिल्मको हाइप सृजना हुन नसकेको भन्दै वितरक तथा निर्देशक ‘नोभेम्वर रेन’को प्रदर्शन मिति सार्न तम्सिएका हुन् ।