Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

रेखासँग सौगातको फिल्म खेल्ने रहर

फिल्मीखबर, काठमाण्डौ, 2014/03/09

अभिनेता सौगात मल्लले अभिनेत्री रेखा थापासँग स्क्रिन सेयर गर्ने चाहना व्यक्त गरेका छन् । हालैको एक भेटमा फिल्मीखबरसँग सौगातले यस्तो ईच्छा व्यक्त गरेका हुन् ।

 

रेखा र सौगात हालसम्म कुनै पनि फिल्ममा एकसाथ प्रस्तुत भएका छैनन् । यही चैत ७ गते प्रदर्शन हुने फिल्म ‘फिटकिरी’ का मुख्य कलाकार मल्लले अभिनेत्री रेखा थापाको अभिनय मन पर्ने समेत बताए । उनले भने, ‘मैले उहाँको 'किस्मत' फिल्म हेरेको थिएँ । उहाँको अभिनयले मलाई छोयो ।’

 

रेखाले पनि एक टेलिभिजन गफगाफमा उत्कृष्ट अभिनय गर्ने नायकको कोटीमा सौगातलाई राखेकी थिइन् । रेखासँग फिल्म खेल्न कत्तिको ईच्छुक हुनुहुन्छ ? भन्ने प्रश्नमा सौगातले हाँस्दै भने, ‘उहाँसँग फिल्म खेल्न म तयार छु । उहाँसँग फिल्म खेल्ने मेरो रहर पनि हो । तर, उहाँ र म खेल्ने फिल्मको स्क्रिप्ट चाहिं बबालै हुनुपर्छ ।’

 

‘हाकु काले’ का रुपमा परिचित सौगात मल्टिप्लेक्समा हिरो भनेर चिनिन्छन् भने सिङ्गल थिएटरका दर्शकले रेखालाई सलमान खानसँग दाँज्छन् । होम प्रोडक्सनको फिल्म ‘हिम्मतवाली’को सुटिङमा व्यस्त रेखा र एक फिल्मको वर्कसपमा व्यस्त सौगातलाई सँगै फिल्ममा कहिले देख्ने ? प्रतिक्षा गर्रौं ।