Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`प्रवास`को लागि छविले गरे कलाकार सिफारिस

फिल्मीखबर, काठमाण्डौ, 2014/03/09

आफ्नो ब्यानरबाट रजतपटमा डेव्यु भएका दुई कलाकारलाई निर्माता छवि ओझाले बाहिरी ब्यानरको फिल्ममा सिफारिस गरेका छन् । ‘हमेशा’ डेव्यु नरेन खड्का र ‘लोफर’ डेव्यु रजनी केसीलाई छविले बाहिरी ब्यानरको फिल्ममा सिफारिस गरेका हुन् ।

 

नारायण रायमाझीले निर्देशन गर्ने ‘प्रवास’ फिल्मको लागि निर्माता ओझाले नरेन र रजनीलाई सिफारिस गरेका हुन् । ‘प्रवास’मा आफुसँगै अभिनेत्री केसीलाई ‘छवि बा’ले सिफारिस गरिदिएको फिल्मीखबरको एक भेटमा नरेनले जुहाए । ‘प्रवास’लाई ‘गोर्खा पल्टन’ निर्माण गर्ने कम्पनीले निर्माण गर्दैछ ।

 

‘प्रवास’ मा इन्डियन आइडल प्रशान्त तामाङ मुख्य भूमिकामा छन् । फिल्म सुटिङको लागि प्रशान्त गत साता कोलकत्ताबाट नेपाल ल्यान्ड भए । ‘प्रवास’को गत शुक्रबारदेखि पाल्पाबाट सुटिङ प्रारम्भ भैसकेको छ । पाल्पा र काठमाडौंमा छायाँकन गरिने ‘प्रवास’मा अधिकांश ‘गोर्खा पल्टन’ का प्राबिधिक दोहोरिएका छन् ।