Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`ऋतु` र `तोरी लाहुरे`मा दर्शक कति ?

फिल्मीखबर, काठमाण्डौ, 2014/03/09

गत साता प्रदर्शनमा आएका दुई नेपाली फिल्मले ओपनिङ कलेक्सन उत्साहको गर्न नसकेको जानकारी वितरकले दिएका छन् । शुक्रबार अल नेपाल प्रदर्शनमा आएका ‘ऋतु’ र ‘तोरी लाहुरे’ले शनिबार मध्यमको कलेक्सन गरेपनि शुक्रबार भने निराशको कलेक्सन गरे ।

 

दर्शना आर्टस्का सिइओ सुरेश दर्पण पोखरेलले सार्वजनिक बिदाको दिन शनिबार ‘ऋतु’को अकुपेन्सी ८० प्रतिशत माथि रहेको जानकारी दिए । उनले भने, ‘राजधानीका मुख्य मल्टिप्लेक्स हलमा 'ऋतु'को कलेक्सन उत्साहप्रद छ ।’ सिइओ पोखरेलका अनुसार क्युएफएक्सको कुमारी, पोखरा, हेटौंडा, दमक जस्ता शहरमा ‘ऋतु’ हेर्न दर्शकको उपस्थिती राम्रो रहेको छ ।
 

त्यस्तै निर्माता मध्येका एक अपिल विष्टले शहरका मुख्य मल्टिप्लेक्समा फिल्मले राम्रो दर्शकको साथ पाइरहेको बताए । मनोज अधिकारीको डेव्यु निर्देशन रहेको फिल्ममा मिस नेपाल मलिना जोशी, अभिनेता राजबल्लभ कोइराला र अभिनेत्री रिमा विश्वकर्माको मुख्य भूमिका छ ।

 

त्यस्तै ‘ऋतु’सँगै गत शुक्रबार प्रदर्शनमा आएको ‘तोरी लाहुरे’को पनि सुरुवाती व्यापार उत्साहको हुन सकेन । निर्देशक एनबी महर्जनले फिल्म राम्रो बनाएता पनि ‘तोरी लाहुरे’ले हलमा उल्लेख्य दर्शक तान्न सकेन ।

 

कलाकार मध्येका एक रोहित रूम्बाले दर्शक उल्लेख्य नरहेपनि हेरेजति दर्शकले दिएको सकारात्मक प्रतिक्रियाले आफु खुसी रहेको बताए । उनले भने, 'दर्शकले फिल्मलाई निकै रूचाउनु भएको छ । यहि प्रतिक्रियाले दर्शक बढ्ने आश छ ।' फिल्ममा सुवास थापा, गजित विष्ट, रोहित रुम्वा, अशिष्मा नकर्मी र समुना केसीको मुख्य भूमिका छ ।