
वर्तमान नेपाली फिल्म बजारमा हिट हुने भन्दा फल्प हुने फिल्मको सूचि लामो छ । राम्रो कलेक्सन गर्ने फिल्मले समेत व्यापारमा हावा खाएपछि फिल्ममा लगानी गर्नेहरु हच्किएका छन् । फिल्ममा लगाएको लगानी बालुवामा पानी खन्याए सरह भएपछि फिल्म बन्ने संख्यामा पनि न्यूनता छाएको छ ।


राजनीतिमा ‘सडकदेखि सदनसम्म’ भने जस्तै फिल्म ‘छ एकान छ’ ले आफ्नो प्रचारलाई ‘सडकदेखि हलसम्म’को प्रक्रियालाई तिव्रता दिइरहेको छ । पुस २६ गते अल नेपाल प्रदर्शन हुने यो कमेडी फिल्मले प्रचारमा नयाँ शैली अपनाएको छ ।

‘मेरो कोही गड्फादर हुन्थ्यो भने म स्टार बनिसक्थें’, विगत १३ वर्षदेखि नेपाली फिल्ममा स्टार बन्न संघर्ष गरिरहेका रोहित रुम्बालाई लाग्छ- ‘कला भएर पनि हात थापिदिने गुरु नहुँदा पछि परियो ।’


कार्यक्रममा ढिला पुग्नुको पनि एउटा सिमा हुन्छ । प्राय कार्यक्रममा निर्धारित समयभन्दा ढिला नै पुग्ने अभिनेता राजेश हमालले आईतवार भने सिमा नै नाघेर आफ्नो फिल्मको घोषणा कार्यक्रममा पुगे ।

