
कान्तिपुर बर्ष व्यक्तिमा पर्न अभिनेत्री रेखा थापाले फ्ल्यास ब्याकको रहस्य खोलेकी छिन् । राजेश हमालले पहिलो फिल्म ‘हिरो’ मा निकाल्न खोजेको रहस्य रेखाले बताएकी छिन् ।

पहिलो फिल्म ‘मेरो राजेश दाई’ बनाएर दर्शकमाझ निर्माताको परिचय बनाएका सन्देश बराइली दोस्रो फिल्म 'एक्सिडेन्ट' लिएर आउँदै छन् । उनको फिल्म पोष्टप्रोडक्सनको अन्तिम चरणमा छ ।

‘फिटकिरी’ निर्माता अर्जुन कुमारले आफ्नो फिल्मले इनिसियल हान्ने दाबी गरेका छन् । अर्थात् ‘फिटकिरी’ को सुरुको दुई दिनको सबै शो हाउसफुल हुने अर्जुनको दाबी छ ।

नेपाल चलचित्र जाँच पास समिति (सेन्सर वोर्ड) ले फिल्म ‘भिमदत्त’ को विषय माथि नै प्रश्न उठाउँदै सेन्सर पासको प्रमाण पत्र दिन अस्विकार गरेको छ । सेन्सरका सदस्यले किसान नेता भिमदत्त पन्तको जीवनीको अध्ययन गरेर मात्रै सेन्सर पास गर्ने भनेपछि निर्माण युनिट रनभुल्लमा परेको छ ।

निर्देशक निरञ्जन पाण्डेसँग सुटुक्क बिहे गरेर बसेको भन्ने हल्लालाई अभिनेत्री बिनिता बरालले अस्विकार गरेकी छिन् । बिहेलाई अस्विकार गरेकी बिनिताले निर्देशक पाण्डेसँग ‘इन रिलेसनसिप’ मा रहेको भने स्विकार गरेकी छिन् ।

अभिनेता सौगात मल्ल र अभिनेत्री केकी अधिकारीको जोडी जम्ने भएको छ । फिल्ममा हैन, सौगात र केकीको जोडी नाटकमा जम्दैछ ।

