मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

च्यारेटीमा `नोभेम्वर रेन`

फिल्मीखबर, काठमाण्डौ, 2014/04/15

नेपाली नयाँ वर्षको अवसर पारेर फिल्म ‘नोभेम्वर रेन’ को च्यारेटी गरिएको छ । वैशाख १ गते पुर्वको बाराही फिल्म हलमा नोभेम्वर रेनको च्यारेटी गरिएको हो ।

 

च्यारेटीमा सहभागी दर्शकले ‘नोभेम्वर रेन’लाई मन पराइदिएपछि निर्माण युनिट यतिबेला दंग छ । स्थानीय मञ्जरी कला केन्द्रको आयोजनामा सम्पन्न भएको च्यारेटीमा हल क्षमता भन्दा तीन सय बढी दर्शक सहभागी भएको निर्माण युनिटले बताएको छ । प्राप्त जानकारी अनुसार 'नोभेम्वर रेन' हेर्न बाराही हलमा एक हजार दर्शक पुगेका थिए ।

 

निर्माण युनिट यतिबेला फिल्म प्रोमोशनको लागि पूर्वका विभिन्न स्टेशनमा पुगेको छ । वैशाख १ गते सम्पन्न च्यारेटीमा अभिनेता तथा निर्माता आर्यन सिग्देल, निर्देशक दिनेश राउत लगायत त्यहाँ पुगेका थिए । ‘नोभेम्वर रेन’ मा अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठको जोडी दोश्रो पटक दोहोरिदै छ । आर्यन र नम्रतालाई छुल्ठिम गुरुङले पनि साथ दिएकी छिन् ।

 

आर्यनसँगै सुवास गिरी ‘नोभेम्वर रेन’ का निर्माता हुन् । निर्माता समेत आफैं भएकाले आर्यनको आगामी फिल्मी करिअर ‘नोभेम्वर रेन’ निर्धारन गर्ने विश्लेषण छ । फिल्म यही वैशाख १२ गते अल नेपाल प्रदर्शन हुँदैछ ।