मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`सेतो बाघ`को सुटिङमै ५१ दिन

फिल्मीखबर, काठमाण्डौ, 2014/04/15

डायमण्ड शम्शेरको पुस्तक ‘सेतो बाघ’ माथि केन्द्रित फिल्म ‘सेतो बाघ’ को छायाँकन यसै साता सम्पन्न भएको छ । निर शाहले निर्देशन गर्दै गरेको ‘सेतो बाघ’ को सुटिङ सक्न ५१ दिन लाग्यो ।

 

‘सेतो बाघ’ लाई काठमाण्डौं र चितवनका क्षेत्रमा छायाँकन गरिएको छ । जहानियाँ शासन प्रणाली र राणा कालको अन्त्य कसरी भयो ? भन्ने बारे ‘सेतो बाघ’ मा देखाइएको छ । कडा शासक भनेर चित्रण गरिएका जंगबहादुर राणाको भूमिकामा वियस राणा प्रस्तुत भएका छन् । सँगै राजाराम पौडेल, रवि गिरी, पवन मैनालीको पनि ‘सेतो बाघ’ मा मुख्य भूमिका रहेको छ ।

 

‘सेतो बाघ’ का छायाँकार संजय लामा हुन् । निर्देशक निर शाहले चाँडै नै ‘सेतो बाघ’ को ट्रेलर सार्वजनिक गर्ने जानकारी दिए । ऐतिहासिक विषयमा फिल्म निर्देशन गर्न रुचाउने निर शाहको पहिलो कर्मसियल फिल्म ‘अकाल’ यही वैशाख महिनाको तेश्रो साता प्रदर्शन हुने कुरा छ ।