मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म रहे मात्रै हामी रहन्छौं’ : निशा अधिकारी

फिल्मीखबर, काठमाडौं, 2014/04/13

नयाँ वर्षको पूर्व संध्यामा निशा अधिकारी फिल्मको भविष्यप्रति चिन्तित देखिइन । उनले भनिन् ‘फिल्म रहे नै हामी रहन्छौं’ २०७१ सालको आगमनमा फिल्म ‘मुखौटा’ युनिटले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अभिनेत्री निशा अधिकारीले थपिन, ‘०७१ सालमा नेपाली फिल्मले अझै फड्को मारोस् । फिल्म रहे नै हामी रहन्छौं ।’

 

वर्ष सत्तरीमा निशा अभिनित कुनै पनि फिल्म सार्वजनिक प्रदर्शनमा आएनन् । उनले ‘भिमदत्त’ र आउँदो जेठ १६ गते प्रदर्शन हुने फिल्म ‘मुखौटा’ मा अभिनय मात्रै गरिन् । ‘मुखौटा’ को कार्यक्रममा निर्माता रविन श्रेष्ठले संवाद सहितको अर्को टे«

 

लर बैशाखको बिचमा सार्वजनिक गर्ने जानकारी गराउँदै भने, ‘हामी नेपाल सहित विदेशमा पनि एकसाथ फिल्म रिलिज गर्ने योजनामा छौं ।’ टे«लर आउट गरेपछि विदेशबाट फिल्मको माग बढेको निर्माता श्रेष्ठको भनाई थियो ।

 

पहिलो पटक ‘मुखौटा’ लाई निर्देशन गरेका अभिनेता अर्पण थापाले फिल्मप्रती दर्शकको पर्खाइ राम्रो होस् भन्ने कामना व्यक्त गरे । उनले भने, ‘मैंले फिल्म राम्रो गर्ने कोशिस गरेको छु । काम गर्दा गल्ती नै नहुने भन्ने हुँदैन । थोरै मात्र गल्ती गर्ने कोशिस गरेको छु ।’  अर्पण सहित अभिनेता राजेश हमाल, सौगात मल्ल, सुनिल थापा, दयाहाङ  राई, निशा अधिकारी, रविन तामाङ, हर्षिका श्रेष्ठ र प्रशान्त ताम्राकारको ‘मुखौटा’ मा मुख्य भूमिका रहेको छ ।

वर्ष ०७० सालमा दर्शक तान्न सक्ने अपेक्षा गरिएका फिल्ममध्ये ‘मुखौटा’ पनि एक हो । रेनेशा राई ‘मुखौटा’ की कोरियोग्राफर हुन् ।