मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(18 votes, avg 5.00/5.00)
Text size:-
+
-

`नाईं नभन्नु ल २` हेर्न महासागर नै उर्लियो !

फिल्मीखबर, काठमाण्डौ, 2014/04/12

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'नाईं नभन्नु ल २' हेर्न हलमा दर्शकको महासागर नै उर्लेको छ । देशभरका सबै हलहरू हाउसफुल भएका छन् । शुक्रबारको तुलनामा शनिबारको व्यापार झण्डै दोब्बर हुने देखिएको छ ।

 

मल्टिप्लेक्समा समेत राम्रो व्यापार गरिरहेको यो फिल्मले सिङ्गल स्क्रिनमा सोचेभन्दा राम्रो व्यापार गरेको वितरकले जानकारी दिएका छन् ।  राजधानीको गोपीकृष्ण, अष्टनारायण, गुण, गंगा, बाराही जस्ता मल्टिप्लेक्स हलले दर्शक थेग्न नसकेको रिपोर्ट प्राप्त भएको छ । फिल्म वितरकले यो फिल्मलाई 'पैसा छाप्ने मेसिन' को संज्ञा नै दिएका छन् । शुक्रबार करिब २३ लाखको व्यापार गरेको यो फिल्मले आज शनिबार ५० लाख भन्दा माथि व्यापार गर्ने अनुमान वितरकले गरेका छन् ।

 

मोफसलको वितरण जिम्मा लिएको एफडी कम्पनीका सदस्य मध्येका एक नरेन्द्र महर्जनले त 'नाईं नभन्नु ल २'को बिजनेश बलिउडका तीन खानको फिल्मले गर्ने बिजनेश भन्दा उच्च रहेको बताए । वितरक महर्जन भन्छन्, 'नयाँ बर्षको दिनमा आजको भन्दा राम्रो व्यापार हुन्छ ।' देशभर ७५ भन्दा बढि पर्दामा रिलिज भईरहेको ५० लाखको हाराहारीमा लगानी रहेको यो फिल्मले तीन दिनमा नै लगानी उठाउने देखिन्छ ।

 

संगीत नै 'नाईं नभन्नु ल २' चल्नुको मुख्य मेरूदण्ड मानिएको छ । यद्धपी बालप्रेमको कथा हेर्न चाहनेको जमात पनि उत्तिकै देखिएको हल सञ्चालक बताउँछन् । हलमा महिला दर्शक र बालबालिकाको उल्लेख्य उपस्थिती रहेको रिपोर्ट छ । विकास आचार्य निर्देशित यो फिल्म हेरेपश्चात आँशु पुछ्दै दर्शक निस्किरहेका देखिन्छन् ।

 

दिनेश कुमार पोखरेल निर्माता रहेको यो फिल्ममा प्रियंका कार्की, सुरज सिंह ठकुरी, अनुभव रेग्मी, सुज्ञानी भट्टराई, सरोज खनाल, सिताराम कट्टेल, बर्षा सिवाकोटीको साथमा अभिनेता जीवन लुईटेलको बिशेष भूमिका रहेको छ । फिल्ममा बसन्त सापकोटा र सुरेश गैरेको संगीत छ ।