मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

किन चले विकासका फिल्म ?

फिल्मीखबर, काठमाण्डौ, 2014/04/15

वर्ष ०७० सालको अन्त्यतिर प्रदर्शनमा आएको फिल्म ‘नाईं नभन्नू ल २’ ले उलेख्य सुरुवाती व्यापार गर्न सफल भएको छ । प्रदर्शनको चार दिनमै यो फिल्मले पुगनपुग डेढ करोडको व्यापार गरेको रिपोर्ट छ ।

 

वर्ष सत्तरी सालमा ब्ल्कबस्टर मानिएका फिल्महरु मध्ये ‘नाईं नभन्नू ल २’को यो इनिसियल व्यापार माथि हो । ‘नाईं नभन्नू ल २’ किन यसरी चल्यो ? प्रेम परियारद्धारा स्वरवद्ध ‘मर्ने कसैलाई रहर हुँदैन’ र ‘यी आँखामा तिमी छौ’ बोलको गीतसँगै बाल प्रेमको कहानी प्रमुख मानिएपनि ‘नाईं नभन्नू ल २’ चल्नुको कारणहरुमध्ये अर्को एक पनि देखिएको छ ।

 

वर्ष ०६९ सालमा फिल्म ‘रिदम’ सुपरहिट दिएका लेखक तथा निर्देशक विकास आचार्यले लगाएको एक मुखे रुद्राक्षको कारण उनका फिल्मले लगातार सफलताको स्वाद चाखिरहेको बुझिएको छ । ‘रिदम’को स्क्रिप्ट लेख्दाताका पशुपतीको एक ‘पगली’ बाबाले उक्त एक मुखे रुद्राक्ष लेखक तथा निर्देशक आचार्यलाई दिएका थिए । नभन्दै एकमुखे रुद्राक्ष लगाएपछि विकासका लगातार दुई फिल्म सुपरहिट भए ।

 

विकासलाई एक मुखे रुद्राक्ष दिने पगली बाबाको यसै वर्ष निधन भैसकेको छ । बाबाको निधनमा विकासले १३ दिने जुठो समेत बारेका थिए । के बाबाको एकमुखे रुद्राक्षले नै विकासलाई चलाएको हो त ?