मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(16 votes, avg 3.25/5.00)
Text size:-
+
-

यस्ती छिन् ‘हिम्मतवाली’ !

फिल्मीखबर, काठमाडौं, 2014/04/14

नव वर्ष ०७१ सालको आगमन अवसर पारेर अभिनेत्री रेखा थापाको फिल्म ‘हिम्मतवाली’ को ‘फस्ट लुक’ सार्वजनिक गरिएको छ । ०७१ सालकै फुलपातीमा रिलिज गरिने ‘हिम्मतवाली’ को पोस्टरमा रेखा बोल्ड रुपमा प्रस्तुत भएकी छिन् ।



सार्वजनिक गरिएको पोस्टरमा ‘हिम्मतवाली’ हिरोलाई भने लुकाइएको छ । रेखा फिल्मस्का यसअघिका फिल्ममा जस्तै रेखा ‘हिम्मतवाली’ सोलो रुपमा प्रस्तुत भएकी छिन् । दुवै हात गुमाएका सुदर्शन गौतमको समेत अभिनय रहेका कारण रेखाको ‘हिम्मतवाली’ चासो र चर्चाबाट घेरिएको छ ।

 

 



सँगसँगै नियमित निर्देशक श्याम भट्टराईसँगको विवादका कारण पनि फिल्मले राम्रो चर्चा बटुलेको छ । यद्यपि रेखाले फिल्मका कलाकार सुदर्शन बारे औपचारिक रुपमा भने अभिव्यक्ति दिएकी छैनन् ।



 ‘हिम्मतवाली’ बाट रेखाले फिल्म निर्देशन समेत हात बढाएकी छिन् । फिल्ममा बसन्त सापकोटा र टंक बुढाथोकीको संगीत छ । अभिनयमा आफूलाई अब्बल प्रमाणित गरेकी रेखाले निर्देशनमा भने आफूलाई कसरी कुन स्तरको प्रमाणित गर्छिन् चासोको विषय बनेको छ ।