
नेपाली फिल्म क्षेत्रमा मेकअपका गुरू मानिने सबैभन्दा पूराना मेकअप म्यान साम्भा दिनकर पाटिल (शम्भु क्षेत्री)को निधन भएको छ । पाटेलको आईतवार राती पौने दश बजे काठमाण्डौको विर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

४९ केजी तौल भएको स्लिम बडीलाई अभिनेत्री नन्दिता केसी अझै स्लिम गर्ने कसरतमा छिन् । फिल्म ‘बाँवरी’को भूमिकाको लागि नन्दिताले यस्तो कसरत गर्नु परेको हो ।

सुवास गिरीसँगको सहकार्यमा अभिनेता आर्यन सिग्देलको समेत लगानी रहेको ‘नोभेम्वर रेन’ को प्रदर्शन मिति नजिकिदै गर्दा निर्माता सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठको व्यस्तता भने बढ्दो छ ।

अभिनेत्री रेखा थापा र अभिनेता निखिल उप्रेतीबिच उब्जिएको दुश्मनीको किस्सा नयाँ हैन । तर, निखिलकी दुश्मन मानिने रेखा र निखिल पत्नी संचिता लुइँटेलबिचको बढ्दो दोस्तीले भने फिल्म नगरीमा नयाँ चर्चाको बिषय बनेको छ ।

दिपेन्द्र के. खनाल निर्देशित डार्क कमेडी फिल्म ‘झोले’ ले अपेक्षा अनुरुप कै सुरुवाती व्यापार सुखद गर्न सफल भएको छ । मल्टीप्लेक्सन पर्दाबाट प्राप्त जानकारी अनुसार ‘झोले’ अन्य विदेशी फिल्मलाई पाखा लगाउँदै आक्रमक कलेक्सन गरिरहेको छ ।

अभिनेत्री रेजिना उप्रेतीले बिहेको लगनगाँठो कस्नु पूर्व फागुन १० गते कलंकीस्थित मेगा ब्याङक्वेटमा भव्य रात्री भोज आयोजना गरिन् । बेहुलीको तर्फबाट रेजिनाले सिंदूर ग्रहण गर्नु पूर्व नै रिस्पेसन पार्टी दिएकी हुन् । रेजिनालाई प्रेमी सुरज पोखरेलले फागुन १६ गते सिंदुर हाल्नेछन् ।

