Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1 - 6 of 24086
फिल्मीखबर, काठमाडौं, 2026-09-05, शनिवार

डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले व्यावसायिक सफलतासँगै प्रदर्शनमा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्मले शनिबार ५१ दिन मनाउन सफल भएको हो । फिल्म अझै ४३ हलमा ५९ शोसहित प्रदर्शनरत छ । यस वर्ष ५१ दिन मनाउने ‘लालीबजार’पछि यो दोस्रो फिल्म हो । 

फिल्मीखबर, काठमाडौं, 2026-09-04, शुक्रवार

तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘अक्षरा’को ट्रेलर सार्वजनिक गरिएको छ । कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रबार सार्वजनिक ३ मिनेट २५ सेकेण्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिएको छ । अभिनेत्री न्यान्सी खड्कालाई केन्द्रमा राखिएको ट्रेलरमा घरेलु हिंसा भोगिरहेकी एक महिलाको कथा समेटिएको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-09-04, शुक्रवार

संंविधान दिवसको अवसर पारेर असोज २ गते (१८ सेप्टेम्बर)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झिँगेदाउ २’को तीज ब्याटल गीत ‘धागो छिन्यो चर्खाको’ सार्वजनिक गरिएको छ । जेठानी−देउरानीबीचको घोचपेच र जुहारीलाई प्रस्तुत गरिएको यस गीतमा एलिना चौहान र रचना रिमालको स्वर रहेको छ । शब्द तथा संगीत बाबुल गिरीको हो । 

फिल्मीखबर, काठमाडौं, 2026-09-04, शुक्रवार

राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘कंगाल करोडपति’को शुभ मुहूर्त गरिएको छ । शुक्रबार बिहान कमलादीस्थित गणेश मन्दिरमा विशेष पूजाआजा गर्दै निर्देशकदेखि कलाकारसम्मले फिल्म सफलताको कामना गरे । सो अवसरमा निर्माण पक्षले बाढीपीडितको सहयोगार्थ ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा समेत गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2026-09-04, शुक्रवार

विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ‘अन सर्टेन रिगार्ड’ विधातर्फको दोस्रो ठूलो पुरस्कार ‘जुरी प्राइज’ जित्न सफल नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)ले नेपालमा प्रदर्शन यात्रा सुरु गरेको छ । शुक्रबार कृष्ण जन्माष्टमीको अवसरमा पारेर फिल्म प्रदर्शनमा आएको हो । फिल्मले देशव्यापी एक सयभन्दा बढी शो पाएको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-09-03, बिहिवार

रसुवा बाढीका कारण जनधन र भौतिक संरचनामा ठूलो क्षति भएपछि फिल्म क्षेत्रबाट राज्यलाई निरन्तर आर्थिक सहयोग जुटिरहेको छ । यसैक्रममा फिल्म ‘गौँथली’का निर्माताले पनि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १४ लाख रुपैयाँ सहयोग गरेका छन् । बिहीबार फिल्मका निर्माता द्वय डा. कपिल रिजाल र सुमन गिरीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरे ।

Results : 1 - 6 of 24086