
काठमाडौं । चर्चित फ्रेन्चाइज फिल्म ‘कबड्डी’को चौथो श्रृंखलालाई ‘द फाइनल म्याच’ भनिएपछि धेरैलाई लागेको थियो, काजीको कथा अब यहीँ टुंगियो । तर, न कथा सकिएको थियो न त्यो अन्तिम श्रृंखला थियो । चार वर्षपछि काजीको बाँकी कथा भन्न ‘कबड्डी ५’ निर्माण भएको छ, जुन यही शुक्रबार अर्थात् कात्तिक ६ गते प्रदर्शन हुँदैछ ।

काठमाडौं । बलिउड अभिनेता आयुष्मान खुरानाको मुख्य भूमिका रहेको फिल्म ‘उड्ता तीर’लाई नेपालमा प्रदर्शनका लागि प्रतिबन्ध लगाइएको छ । असोज ३० गते केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)का पदाधिकारीहरूले फिल्म हेरेपछि प्रदर्शन अनुमति नदिने निर्णय गरेका हुन् । यो फिल्म भारतमा २३ अक्टोबरमा रिलिज हुँदैछ ।

काठमाडौं । नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ एपले दशैं–तिहारलाई लक्षित गर्दै आठवटा नेपाली फिल्म एकसाथ रिलिज गरेको छ । ‘दशैं–तिहार मुभी मेला’ अन्तर्गत एपले ‘ह्रस्व दीर्घ’, ‘के घर के डेरा : घर नम्बर २’, ‘लाज शरणम्’, ‘मायावी’, ‘कार्साङ’, ‘हरिबहादुरको जुत्ता’, ‘कठपुतली’ र ‘प्रवासी जीवन’ रिलिज गरेको हो ।

बलिउडमा कलाकारहरूले कहिलेकाहीँ यस्ता फिल्मको प्रस्ताव अस्वीकार गर्छन्, जसले पछि बक्स अफिसमा ठूलो सफलता हासिल गर्छन् । फलस्वरूप, उनीहरूलाई आफ्नै निर्णयप्रति पछुतो हुन्छ । अभिनेत्री नेहा धुपियाको हकमा पनि यस्तै भएको छ । उनले आफ्नो करिअरमा केही यस्ता फिल्म अस्वीकार गरिन्, जसको अहिले उनलाई निकै पछुतो हुने गरेको छ ।

काठमाडौं । आगामी मंसिर ४ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेउ’ सार्वजनिक गरिएको छ । लोक शैलीको यस गीतमा सुरेन्द्र रानाको शब्द तथा एसडी योगीको संगीत निर्देशन छ भने एसडी योगी र गीताञ्जली थापा मगरले स्वर दिएका छन् । सुरेन्द्र र एसडीले यसअघि सहकार्य गरेको ‘रुकुम मैकोट’ गीत दर्शकमाझ निकै चर्चित छ ।

काठमाडौं । भोलि शनिबार (फूलपाती)बाट औपचारिक रूपमा दसैं सुरु हुँदैछ । यसपटक दसैंमा शनिबार र आइतबारसहित ९ दिन लामो विदा छ । सम्भवतः दसैंमा यो अहिलेसम्मकै लामो बिदा हो । यही लामो बिदाका कारण यसपालि दसैंमा फिल्म रिलिजको चाप पनि उच्च छ । शुक्रबार (आज)बाट दसैं नसकिँदासम्म चारवटा फिल्म हलमा प्रदर्शन हुँदैछन् ।

