
दीपाश्री निर्रौला र दिपकराज गिरीको जोडीलाई महाशिवरात्री मज्जैले लाग्यो । लामो समय देखि ‘तीतो सत्य’ श्रीमान श्रीमती भएर देखिदैं आएका दीपा र दिपक दिउँसो देखि नै शिवको बुँटीमा झ्याप बने । निर्मल शर्मा ‘गैंडा’ को सहकार्यमा निर्माण गरेको ‘छ एकान छ’ ले ब्ल्कबस्टरको व्यापार गरेपछि यो जोडीले शिवरात्रीको अवसरमा दिउँसै गाँजा तानेर खुसीयाली मनाएको हो ।

महाशिवरात्रीको अवसर पारेर अभिनेत्री रेखा थापाले फिल्म ‘हिम्मतवाली’ को छायाँकन सुरु गरेकी छिन् । श्याम भट्टराई निर्देशित फिल्म ‘हिम्मतवाली’ को छायाँकन महेन्द्रनगरस्थित पिप्लाठीबाट फागुन १५ गते देखि सुरु गरिएको हो ।

‘पानीको प्रत्येक थोपासँगको सम्बन्धले तिम्रो आभास गराउँदो रहेछ’ भन्ने अभिनेता आर्यन सिग्देलले अभिनेत्री नम्रता श्रेष्ठलालाई अपनाउन नसक्नुको कारण भने नसोध्न आग्रह गरेका छन् । सार्वजनिक गरिएको फिल्म ‘नोभेम्वर रेन’ को नयाँ प्रोमोमा अभिनेता सिग्देलले यस्तो भनेका हुन् ।

वर्ल्ड कपकै विषयवस्तुलाई आधार बनाई रामशरण पाठकले आफ्नै कथामा निर्देशन गरेको वाल मनोविज्ञानमा आधारित फिल्म `वर्ल्ड कप इन नेपाल`को प्रोमो रिलिज गरिएको छ ।

अभिनेत्री सुमिना घिमिरे फिल्ममा सक्रिय हुने भएकी छिन् । यतिबेला सुमिनाको हातमा दुई फिल्म छन् । चाँडै नै छायाँकनमा जाने गरी उनले पर्शुराम र दामपन्थी फिल्म साइन गरेकी छिन् ।

फिल्म सम्पादक सुरेन्द्र पौडेलले पनि फिल्म निर्देशन गर्ने भएका छन् । दुर्गिश फिल्मस्, ग्लासी पिक्चर्स र क्रियटिभ फिल्म प्रोडक्सनको संयुक्त लगानी बन्न लागेको ‘आभास’लाई सम्पादक पौडेलले निर्देशन गर्ने भएका हुन् ।

