
फिल्म चल्नु मात्रै पर्छ, फिल्म बजारमा विभिन्न खाले चर्चा, परिचर्चा र टिकाटिप्पणी हुन थाल्छन् । कमेडी फिल्म ‘छ एकान छ’ पनि चल्यो । यससँग जोडिएका रमाइला किस्सा पनि सार्वजनिक हुन थालेका छन् ।

दोस्रो संबिधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ का काङ्ग्रेसका विजयी उम्मेद्वार गगन थापाले कमेडी फिल्म ‘छ एकान छ’ हेरेका छन् । उत्साहजनक व्यापार गर्न सफल कमेडी फिल्म मन परेको प्रतिक्रिया गगनले दिए ।

रजतपटमा जम्न सजिलो छैन । तर, यो अप्ठ्यारो बाटोमा यात्रा गर्नेको संख्या कम भने छैन । अभिनय क्षेत्रमा आफ्नो स्थान बनाइसकेका फिल्मकर्मीका सन्तानले पनि यो यात्रालाई अगाडी बढाएका छन् । अभिनय क्षेत्रमा फिल्मकर्मीका सन्तानको यात्रा कत्तिको सार्थक रह्यो ? फिल्मीखबरले छोटो चर्चा गरेको छ

गुरुङ भाषाका फिल्मलाई सेन्सर गर्न छुट्टै सेन्सर वोर्डको गठन भएको छ । गुरुङ भाषाका फिल्म धेरै बन्ने पोखरा शहरमा यसको जानकारी गराइएको हो । गुरुङ फिल्म एशोसियशन (जिफान) ले गुरुङ भाषाका फिल्म सेन्सर गर्ने वोर्डको गठन गरेको हो ।

आईतवार राजधानीको सुन्धारास्थित बेबिलोन डान्स बारमा सुटिङको छुट्टै रौनक थियो । सधैंजसो अर्काको एक्सन कटमा कम्मर मर्काउने अभिनेत्री प्रियंका कार्की भने अरूलाई 'एक्सन कट' सिकाउँदै थिईन् ।

‘बदनाम होस् तर गुमनाम नहोस्’ भन्ने उखान यतिखेर अभिनेत्री शुभेच्छा थापामा लागू भएको छ । बदनाम नै सही भन्दै शुभेच्छाले चर्चा कमाउन सस्तो हत्कण्डा अपनाएकी छिन् ।

