Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 4.60/5.00)
Text size:-
+
-

लण्डनमा `हँसिया` प्रिमियर । राजेश हमाल मुख्य आकर्षण (फोटो फिचरसहित)

कुशल श्रेष्ठ, लण्डन, 2014/04/20

फिल्म 'हँसिया'को वेलायतको अल्डर्सटस्थित प्रिन्सेस हलमा रेड कार्पेट प्रिमियर शो गरिएको छ । प्रिमियरमा सहभागी हुन अभिनेता राजेश हमाल वेलायत आएका थिए । प्रिमियरमा हमाल नै मुख्य आकर्षणको केन्द्र बने ।

 

एनआरएन. यूकेको महिला अध्यक्ष शान्ति थापाको अध्यक्षता रहेको सो प्रिमियर शोमा अभिनेता तथा विमान चालक विजय लामा, विल्सन विक्रम राई, अभिनेता ध्रुब दत्त लगायत करिव ३०० नेपालीहरुको उपस्थिति रहेको थियो ।


फिल्म सुरुवात अगाडी सञ्चारकर्मी सरोज केसी र लक्ष्मी राईले संचालन गरेको औपचारिक कार्यक्रममा बोल्दै अभिनेता राजेश हमालले 'हँसिया' छायाँकन गर्दाको अनुभव सुनाउनुका साथै निर्देशक मिलन चाम्सको कामको मुक्तकण्ठले प्रशंसा गरेका थिए । निर्देशक चाम्सले आफ्नो मन्तव्यका क्रममा नेपाली फिल्मलाई माया गरिदिनको साथै फिल्ममा भएको कमी कमजोरीलाई औँलाई दिन अनुरोध गरे ।


'हँसिया'मा राजेश हमालको साथै हेमा श्रेष्ठ, अनुप विक्रम शाही, विशाल  ढुङ्गाना, आलोक कार्की लगायतको मुख्य भुमिका रहेको छ । फिल्मको एक आइटम गीतमा नायिका प्रियंका कार्कीलाई देख्न सकिन्छ । फिल्मलाई दुर्गा घलेले निर्माण गरेकी हुन् ।


'हँसिया' हेरे पश्चात दर्शकहरुले डेव्यू निर्देशक मिलन चाम्सको काम र फिल्मको राम्रो प्रतिक्रिया दिए । बिशेषगरी हेमा श्रेष्ठको एक्सनलाई रूचाईएको पाईयो । डायस्पोरादेखि स्वदेशमा समेत हाइप सिर्जना गर्दै गरेको यस फिल्मले नेपालमा कस्तो प्रतिक्रिया पाउँछ ? त्यसको लागि भने जेठ ९ गतेसम्म कुर्नै पर्ने हुन्छ ।