Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.00/5.00)
Text size:-
+
-

सपनासँग आर्यनको बिहे सम्पन्न (फोटो फिचरसहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/04/19

अभिनेता आर्यन सिग्देलले प्रेमिका सपना भण्डारीसँग लगनगाँठो कसेका छन् । शनिबार राजधानीको बानेश्वर बैंक्वेटमा जीवनभर साथ रहने प्रण गर्दै आर्यनले सपनाको सिउँदो सिंदूरले रंगाए ।

 

आगामी शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म 'नोभेम्बर रेन'का निर्माता समेत रहेका अभिनेता सिग्देल थानकोटस्थित आफ्नो घरबाट बानेश्वर बैंक्वेटमा पुगेका थिए । बिहेमा आर्यन र सपनाको परिवार, आफन्त तथा केहि सिमित फिल्मकर्मी उपस्थित थिए । आर्यनले फिल्मकर्मी तथा सञ्चारकर्मी र आफन्तका लागि भोली आइतवार बिहे भोज दिंदैछन् ।
 

काठमाण्डौको जोरपाटी घर भएकी सपना र आर्यनको प्रेम लामै समय चल्यो । बिहेमा वर र बधु निकै खुसी देखिन्थे । आर्यन र सपनालाई सुखद दाम्पत्य जीवनको शुभकामना !